२३ श्रावण २०८२, बिहीबार
२३ श्रावण २०८२, बिहीबार
सौतेनी छोराको हत्या गरेर फरार भएकी आमा २२ वर्ष पछि पक्राउ
सौतेनी छोराको हत्या गरेर फरार भएकी आमा २२ वर्ष पछि पक्राउ
  • न्युज डेस्क

२१ साउन दाङ । दाङमा छोराको हत्या गरेर फरार भएकी आमा २२ वर्षपछि पक्राउ परेको प्रहरीले जनाएको छ । दाङको गढवा गाउँपालिका ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई सौतेनी छोरा ९ वर्षिय शरद शर्मालाई २०५९ असार १९ गते दाउराले हानेर हत्या गरेको अभियोगमा अदालतले १० बर्ष कैद सजाय तोकेको थियो। त्यस यता उनी फरार थिइन।

अदालतले बसन्ता शर्मालाई २०६० साल माघ ३ गते १० बर्ष कैद सजायको फैसला गरेको थियो । घटना लगत्तै फरार भएकी शर्मालाई प्रहरीले खोजी गर्दैै जाँदा काठमाडौमा रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी काठमाडौ पुगेर साउन २० गते विहान साढे ८ बजे काठमाडौ महानगरपालिका २६ नयाँबस पार्क क्षेत्रबाट पक्राउ गरि दाङ झिकाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनु भयो ।उनी काठमाडौमा रहको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • २२ श्रावण २०८२, बुधबार प्रकाशित
  • Nabintech