२१ साउन स्याङ्जा । गायक पशुपति शर्मा कार दुर्घटनामा घाइते हुनु भएको छ ।बुधबार दिउँसो स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा गायक शर्मा घाइते भएको प्रहरीले जनाएको छ ।पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गायक शर्मासहित कारमा चारजना सवार थिए।
दुर्घटनामा गाडीलाई सामान्य क्षति पुगेको जनाइएको छ।गायक शर्मा सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका थिए। गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।