११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
अन्तरजातीय विवाह गरेकै कारण समाजबाट बहिष्कृत हुनु पर्ने अबस्था हटेन
अन्तरजातीय विवाह गरेकै कारण समाजबाट बहिष्कृत हुनु पर्ने अबस्था हटेन
  • पदम के सी

जाजरकोट । नेपालमा जातिय विभेद अन्त्यको नारा उठेको वर्षाै बितिसकेको छ तर जाजरकोटमा भने यो नाराले छुन सकेको छैन । अझै पनि यहाँ कथित तल्लो जात र माथिलो जातका नाममा भेदभाव कायमै छ । अन्तरजातिय विवाह गरेकै कारण समाजबाट बहिष्कृत हुनु पर्ने अवस्था छ ।

यस्तै तिरस्कार परेका छन जुनिचादे गाउँपालिका पाँच गर्खाकोटका गणेश कुमार चदाराले उनले सोहि ठाँउकी ज्योति शाहसगँ २०६७ सालमा विवाह गरेका थिए तर अन्तरजातिय विवाह गरेकै कारण ज्योतिका परीवारले उनीहरुलाई स्विकार नगरेपछि फेरी २०७२ कार्तिक ९ गते गाउँ नै छाडेर भागे विहे गरेका थिए तर माईतिले अस्विकार गरेपछि उनीहरुले विवाह गरेको ६ वर्ष देखि घर जान पाएका छैन्न । उनीलाई घर गए मारीदिने धम्कि माइतिबाट आउने भएकोले मारीदिने हुन कि भन्ने भए उनीहरुमा छ । अहिले सदरमुकाम खल‌गामा विस्तापित जिबन विताईरहेका उनीहरु अहिले एक लाख २० हजार रुपैया भाडा तिरेर ऐलानी जग्गामा बसीरहेको बताँउछन ।

उनी न्याय पाउने आसमा धेरै ठाउँमा हारगुहार गरे तर न्याय पाउन नसकेको उनीहरु बताउँछन । गाउँमा गए मारिदिन्छन भन्ने त्रासमा सदरमुकाम मै बसिरहेका छन । गाउँमा गएर बस्न मन हुँदाहुँदै पनि सदरमुकाममा गुम्सियर बसीरहनु परेको उनीहरुको भनाई छ ।

यस्तै रुकुम पश्चिममा अन्तरजातिय विवाह गर्न तयारी गरेका नवराज वि क सहित ६ जनाले ज्यान नै गुमाए । कानुनले जातिय विभेद गरे ३ वर्ष जेल र ३० हजार रुपैयाँ जरिमाना तोकेपनि यस्ता घटना राजनितिकका आडमा सेलाउने गरेका छन । भने पिडितले न्याय पाउनुको साटो सास्ती पाईरहेका छन ।

यि त एक प्रतिनिधि उदाहरण मात्रै हुन नेपालमा अन्तरजातिय विवाह गरेकै कारण कयौ युवायुवतिले यस्तै तिरष्कार भोग्दै आएका छन । भने कतिले ज्यान नै गुमाउनु परेको छ । समाजले कथित तल्लो जात र माथिलो जात बनाइदिएकै कारण कयौ मानिसले यस्तै तिरष्कार भोग्दै आउनु परेको छ ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित
  • Nabintech