१९ श्रावण २०८२, आईतवार
१९ श्रावण २०८२, आईतवार
भारतमा बोलेरो जीप नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु
भारतमा बोलेरो जीप नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु
  • न्युज डेस्क

१८ साउन काठमान्डौं । भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान भएको जीप दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको बताइएको छ ।तीव्र गतिमा गइरहेको बोलेरो जीप सडकबाट सायू नहरमा खस्दा ११ जनाको ज्यान गएको। तीमध्ये ९ जना एउटै परिवारका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छ्न । घटनामा परेकी १० वर्षीया एक बालिका हराइरहेकी छिन्।बोलेरोमा १६ जना सवार थिए, जसमा ४ जनालाई स्थानीय बासिन्दाले झ्यालको सिसा फोरेर बचाएका छन्।

सबैजना धार्मिक कार्यका लागि पृथ्वीनाथ मन्दिर जल चढाउन जाँदै थिए।दुर्घटना गोन्डाको इटियाथोक थाना क्षेत्रअन्तर्गत भएको हो। ठूलो वर्षाका कारण नहरमा पानीको बहाव बढी थियो। गाडी नहरमा खसेलगत्तै डुब्न पुगेको हो। गाडीको झ्याल लक भएर भित्रका मानिस निस्कन सकेनन्। उनीहरू गाडीभित्रै छटपटाएर ज्यान गुमाउन बाध्य भएका छन् ।घटनास्थलमा रहेका स्थानीय गाडी नहरमा खसेको देखेपछि तत्कालै पानीमा हाम फालेका थिए। तर गाडीका ढोका नखुलेपछि उनीहरूलाई जोगाउन सफल हुन सकेनन्।गाडीलाई डोरीको सहायताले किनारामा तानेर केही भाग बाहिर निकालिएको छ । जहाँबाट सिसा फोडेर ४ जनालाई सकुशल बचाइएको छ।त्यसैगरी छिमेकी रामललन वर्माकी श्रीमती सञ्जु  र बहिनी गुढिया उर्फ अञ्जु  को पनि मृत्यु भएको छ।

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित
  • Nabintech