१९ श्रावण २०८२, आईतवार
१९ श्रावण २०८२, आईतवार
वर्षाका कारण आएको पहिरोले गर्दा सल्यानका मुख्य सडकहरु ठप्प
वर्षाका कारण आएको पहिरोले गर्दा सल्यानका मुख्य सडकहरु ठप्प
  • न्युज डेस्क

१८ साउन सल्यान । सल्यानमा लगातारको वर्षाका कारण खसेको पहिरोले मुख्य सडक ठप्प भएको छ ।राप्ती राजमार्ग र लुहाम सुर्खेत सडक खण्ड दुई स्थानमा पहिरो खस्दा पूर्णरूपमा बन्द भएको छ । सो सण्डमा पहिरो पन्छाउने कार्य अझै सुरु भएको छैन ।यसै गरी कपुरकोट गाउँपालिका–३, चोरखोलामा आएको ठूलो पहिरोले आइतबार बिहान राप्ती राजमार्गको प्रमुख खण्ड अवरुद्ध भएको छ ।सडक पूरै पुरिएपछि सवारी साधन बिच बाटोमै अलपत्र परेका छन्।

साना गाडीहरू वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ लागे पनि ठूला सवारीहरू अझै फसेका छन्। यात्रुहरू घण्टौँसम्म बाटोमा अलपत्र परिरहेका छन् भने तत्कालै सडक खुल्ने सुनिश्चितता देखिएको छैन ।त्यसैगरी, सुर्खेत र दाङ जस्ता महत्वपूर्ण गन्तव्यहरू जोड्ने लुहाम, काभ्रा, कालीमाटी, सुर्खेत सडक पनि दलपुरे भन्ने स्थानमा आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ।यसै सडकमार्गमार्फत त्रिवेणी गाउँपालिका स्थित लुहामबाट सुर्खेत तथा पश्चिम दाङको नियमित आवागमन हुँदै आएको थियो।

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित
  • Nabintech