१८ श्रावण २०८२, शनिबार
१८ श्रावण २०८२, शनिबार
कैलालीमा चक्कु प्रहार गरी किशोरीको हत्या
कैलालीमा चक्कु प्रहार गरी किशोरीको हत्या
  • न्युज डेस्क

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

१७ साउन कैलाली । कैलालीमा एक युवतीको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।कैलाली बर्दगोरिया गाउँपालिका ३ घर भएकी १७ वर्षिय किशोरी याचना सेजवालको हत्या गरेको आरोपमा बर्दगोरिया १ का ३३ वर्षिय नृप साउदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।मृतक र साउद राजधानी सेकुवा एण्ड म म सेन्टरमा काम गर्ने गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवालमाथि बर्दगोरिया १ का ३३ वर्षीय नृप साउदले चक्कु हानेका थिए । गम्भिर घाइते सेजवालको उपचारको क्रममा मृत्यु भएको सिंहले बताउनु भयो ।हत्याको कारण खुल्न सकेको छैन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १८ श्रावण २०८२, शनिबार प्रकाशित
  • Nabintech