१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
नलगाड नगरपालिकाले सार्वजनिक गर्याे ५ वर्षकाे उपलब्धी
नलगाड नगरपालिकाले सार्वजनिक गर्याे ५ वर्षकाे उपलब्धी
  • paschimpatra

नलगाड । जिल्लाको नलगाड नगरपालिकाले जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा सम्पन्न भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको हो । संघीयतापछि २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । सोही बमोजिम नलगाड नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट नगर प्रमुखमा टेकबहादुर रावल र उप –प्रमुख बालकुमारी बस्नेत निर्वाचित भएका थिए ।

संघीयता पछि बनेको पहिलो नगर सरकारले पाँच बर्षिय कार्यकालमा गरेका कामहरुको सार्वजनिक गरेको हो । शुन्यता बाट सुरु गरेको नगरले अहिले आफ्नै प्रशासनिक भवन सहित १३ वटै वडाको कार्यालय समेत निर्माण गरेको नगर प्रमुख टेकबहादुर रावलले बताए । सुशासनयूक्त कार्य सम्पादनलाई सहज, सरल र व्यवस्थित गर्न नगर सभाबाट विभिन्न ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड तथा नितीहरु गरी ६८ वटा कानुनहरु पारित गरी लागु गरिएको नगर प्रमुख रावलको भनाई छ । सञ्चार क्षेत्रको विकास गर्न नगरपालिकाको वडा ४ को खान्टाकुरामा नलगाड एफ.एम रेडियो सञ्चालनको प्रक्रियामा रहेको छ । नगरभित्रका प्रत्येक माद्यामिक विद्यालय, स्वास्थ्य संस्था, ईप्रका र सबै प्रहरी चौकीमा इन्टरनेट जडान गरिएको छ ।

जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका प्रमुख उपलब्धीहरु
१) सुन्य अबस्थामा रहेको नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई जनमुखी बनाउन गाउँबाटै सेवा प्रवाहको सुरुवात गरिएको थियो ।
२) पहिलो नगर सभाबाट सुविधाजनक बहुमतले नगरपालिकाको नाम संशोधन र प्रशासनिक केन्द्र (स्थल) को निर्णय पास गरिएको थियो ।
३) सुशासनयुक्त कार्यसम्पादनलाई सहज, सरल र व्यवस्थित गर्न नगर सभाबाट विभिन्न ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड तथा नीतिहरु गरी ७८ वटा कानुनहरु पारित गरी लागु गरिएको छ ।
४) सञ्चार क्षेत्रको विकास गर्न नलगाड नगरपालिका वडा नं.४ को खान्टाकुरामा नलगाड एफ.एम. रेडियो संचालनको प्रक्रियामा रहेको छ ।
५) नलगाड नगरपालिका भित्रका सबै माध्यामिक विद्यालय, सवै स्वास्थ्य संस्था, ई्रप्रका र सबै प्रहरी चौकीमा ईन्टरनेट जडान गरिएको छ ।
६) गुणासो सुन्ने अधिकारी तथा सूचना अधिकारी व्यवस्था गरिएको छ । नागरिक वडापत्र, उजुरी पेटिकाको व्यवस्था गरिएको छ ।
७) सार्वजनिक सुनुवाई,

आर्थिक विकास तथा रोजगारीको क्षेत्र कृषि शाखाकाबाट हासिल गरिएका उपलब्धी
१) स्थानीय हावा–पानी र माटो सुहाउँदो सम्भाव्यता अध्ययन गरी १२ वटा बालीबस्तुको पकेट क्षेत्र पहिचान गरी ३ वटा बालीको पकेट क्षेत्र र ९ वटा बस्तुको क्षेत्र विस्तार गरिएको छ ।
२) नलगाड नगरपालिकाको वडा नं १, २ र ४ लाई मह पकेट क्षेत्र, वडा नं २, ३, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र, वडा नं ३ लाई सुन्तला, अलैची र प्याज पकेट क्षेत्र, वडा नं ५ लाई मकै र कागती पकेट क्षेत्र, वडा नं ६ लाई टिमुर र आलु पकेट क्षेत्र, वडा नं ७ र ८ लाई धान पकेट क्षेत्र, वडा नं ९, १० र ११ लसुन पकेट क्षेत्र, वडा नं १२, १३ लाई पशुपालन पकेट क्षेत्र र १३ नं वडालाई स्याउ, नास्पती, ओखर लगाएतका फलफूल पकेट क्षेत्र घोषणा गरी नगरपालिकाले लगानी गरेको छ ।
३)अर्गानिक खेती प्रवद्र्धन तथा रैथाने बालीको संरक्षण गर्न १५ रोपनी जग्गामा कालो धानको क्षेत्र विस्तार गरिएको छ ।
४) परम्परागत कृषि उत्पादनको विकास गर्नुको साथै आधुनिकीकरण कृषि उत्पादनलाई जोड्न ५० प्रतिशत अनुदानमा औजार तथा उपकरण वितरण गरिएको छ ।
५) कृषि उपजको बजार सुनिश्चित गर्न कृषि क्षेत्र विकास कार्यक्रमसँगको सह–लगानीमा नलगाड नगरपालिका वडा नं. ७ दल्लीमा कृषि हाटबजार आयोजना बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) रिर्पोट निर्माण गरी बोलपत्र आव्हान गरिएको छ ।
६) कृषि पेशालाई मर्यादित तथा सम्मानित पेशाको रुपमा स्थापित गर्न नगर प्रमुख उत्कृष्ट पुरस्कारको व्यवस्था गरी प्रत्येक बर्ष उत्कृष्ट किसान, समुह, सहकारी र निजी फर्मलाई सम्मान सहित पुरस्कार वितरण गर्ने गरिएको छ ।
७) कृषि प्रविधि प्रदर्शन, अनुसन्धान तथा प्रसार गर्न नलगाड नगरपालिका वडा नं. ५ मा कृषक सिकाई केन्द्रको स्थापना गरीएको छ । सिकाई केन्द्रमा नयाँ प्रविधिको जडान गरेर प्रदर्शन गरिएको छ । दैनिक ५–१० जना कृषकले प्रविधिको अवलोकण गर्ने गरी रहेका छन् ।
८) मौरी पालन व्यवसायलाई प्रवद्र्धन गर्न किसानहरुलाई मौरीका गोला सहित आधुनिक घार वितरण गर्ने गरिएको छ ।
९) कृषकको खेतबारीमै पुगेर प्रत्यक्ष रुपमा कृषकलाई प्राविधिक ज्ञान प्रदान गर्न बिभिन्न बालीमा कृषक पाठशाला कार्यक्रम सञ्चालन गरिएको छ ।
१०) दिगो र नवीनतम प्रविधिको संरचना निमार्ण गरी बेमौषमी तरकारी खेतीको विकास गर्न आधुनिक पक्की फलामे टनेल निर्माण गरीएको छ ।
११) कृषकका फलफूल बगैचा सुदृढिकरण गर्न आरी, सिकेचर, स्पेयर टंकी लगाएतका उपकरण वितरण गरिएको छ ।
१२) साना किसानलाई कृषि पेशामा आबद्ध गराई आयआर्जनमा जोड्न करेसाबारी सम्बन्धि तालिम दिनुको साथै टनेलको लागि प्लाष्ट्रिक, हजारी, थोपा सिंचाई, गार्डेन पाइप, स्पेयर टंकी बितरण गरिएको छ ।
१३) कृषि सिंचाईका लागि विभिन्न साइजको प्लाष्ट्रिक, पाईप बितरण गरिएको छ । कृषकलाई प्याकेज कार्यक्रम प्रदान गर्ने गरिएको छ । समूह प्रसार पद्धति मार्फत कृषि प्रसार सेवा प्रदान गर्न कृषक समूह दर्ता गर्ने गरिएको छ ।
पशुपन्छी शाखाबाट हासिल गरेका उपलब्धीहरु
१) नलगाड नगरपालिका वडा नं. २ भैसी र बाख्रापालन क्षेत्र, वडा नं. ९, १०, ११, १२ र १३ लाई बाख्रापालन क्षेत्र घोषणा गरी लगानी विस्तार गरिएको छ ।
२) दुध उत्पादन र खपत, मासु उत्पादन र खपतमा चौगुणा वृद्धि भएको छ ।
३) वडा नं. ९, १०, ११, १२ र १३ का विदेशबाट घर फर्किएका बेरोजगार युवाहरुलाई बाख्रापालन व्यवसाय गर्न ५० हजारको दरले अनुदान दिने गरिएको छ ।
सहकारी तथा व्यापार क्षेत्रबाट हासिल गरेका उपलब्धीहरु
१)नलगाड नगरपालिकामा ३४ वटा सहकारी संचालनमा रहेका छन् ।
२) २६८ वटा व्यापारिक फर्म दर्ता भई संचालनमा रहेका छन् । ८ वटा नयाँ घ वर्गका निर्माण कम्पनीको ईजाजत–पत्र वितरण गरिएको छ ।
३) नगरपालिका भित्रका ६ वटा सडकमा अटोरिक्सा संचालनको अस्थायी रुट परमिट दिईएको छ ।
४) यस नलगाड नगरपालिकामा ४१ वटा विभिन्न क्लव तथा समुहहरु दर्ता भई संचालनमा रहेका छन् । ३२१ भन्दा वढी पसलहरुको अनुगमन गर्नुको साथै म्याद नाघेका सामानहरु नष्ट गरिएको छ ।
५) नगरपालिका भित्रका सबै सहकारी संस्थाका संचालक समितिका अध्यक्ष र प्रवन्धकहरुलाई सहकारी सम्बन्धि तालिम दिईएको छ ।
६) उद्योग बाणिज्य संघसंगको समन्वय र सहकार्यमा बजार अनुगमन तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
सामाजिक विकास शिक्षा शाखाका उपलब्धी
१) पाँचौ नगर सभाबाट आ.ब. २०७६÷०७७ देखि लागु हुनेगरी २० वटा बालविकास केन्द्रको स्थापना गरी बालबालिकाहरुको पठनपाठनलाई सहज बनाईएको छ । २० जना बालविकास शिक्षकलाई रोजगारी प्रदान गरिएको छ ।
२) नलगाड नगरपालिका वडा नं. ४ को जनता प्राथमिक विद्यालय पीपलचौरमा विशेष कक्षा सञ्चालन गरिएको छ । जसमा नलगाड नगरपालिका भित्रका अपाङ्गता भएका बालकालिकाहरुले आवास सुविधा सहितको अपाङ्गमैत्री भवनबाट प्राथमिक शिक्षा प्रदान गर्नुको साथै विशेष कक्षालाई दिगो बनाउन विशेष कक्षा सञ्चालन सम्वन्धी कार्यविधि–२०७८ पारित गरी लागु गरिएको छ ।
३) विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार बिषयगत शिक्षक तालिम, लेखा व्यवस्थापन तालिमको व्यवस्था गरिएको छ ।
४) शुन्य दरवन्दी भएका विद्यालयहरुमा नगरपालिकाबाट शैक्षिक गुणस्तर सुधार अनुदान प्रदान गरिएको छ ।
५) बालविकास शिक्षिका र विद्यालय कर्मचारीहरुको मासिक तलवभत्ता आ.व. २०७८।७९ को दोश्रो चौमासिक देखि १५,०००। कायम गरिएको छ ।
६) नलगाड नगरपालिका वडा नं. १ देखि १३ सम्मका ३६ वटा विद्यालयको पक्की र ४७वटा विद्यालयको कच्ची भवन निर्माण तथा मर्मत गरिएको छ ।
७) नगरपालिकाका १४ वटा विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ । १३ विद्यालयहरुमा टकिंग टिचर प्रणाली लागु गरिएको भने, ६ विद्यालयहरुमा प्रतिविद्यार्थी एक ल्यापटपको व्यवस्था गरी कम्प्युटर शिक्षा प्रदान गरिएको छ ।
८) सबै माध्यामिक विद्यालयमा विद्युतिय ई हाजिरी प्रणाली लागु गरिएको छ ।
९) माध्यामिक तहका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्ने गरिएको छ ।
१०) माध्यामिक तहका ३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, ४ वटा विद्यालयमा आई.सि.टि. व्यवस्थापन र ३ विद्यालयमा पुस्तकालय व्यवस्थापन गरिएको छ ।

स्वास्थ्य शाखाबाट हासिल गरिएका उपलब्धी
१) वडा नं. १ देखि १३ सम्म १२ वटा आफ्नै भवन, स्वास्थ्य उपकरण, औषधि र दरवन्दी सहित सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रवाह थालनी गरिएको छ ।
२) वडा नं. ३ को कैना र वडा नं. ११ को चौखा स्वास्थ्य चौकीमा दरवन्दी सहित ल्याव प्रयोगशाला संचालनमा ल्याईएको छ ।
३) करार सेवामा नगरपालिकाले विशेषज्ञ डाक्टर भर्नागरी प्राथमिक स्वास्थ्य केन्द्र दल्लीबाट बाह्रै महिना विशेषज्ञ स्वास्थ्य सेवा संचालन गरिएको छ ।
४) वडा नं. ७ को दल्लीमा २२ करोड ३ लाखको अनुमानित लागतमा १५ शैयाको प्राथमिक नगर अस्पतालको भवन निर्माणको कामको सम्झौता गरी निर्माण कार्य प्रारम्भ भएको छ ।
५) वडा नं. २ को डाँडागाउँ स्वास्थ्य चौकी क मा २०७८।१०।०२ देखि बर्थिङ्ग सेन्टर संचालनमा आएको छ । आ.ब. २०७८/०७९ देखि वडा नं.. १ अनापानीमा बर्थिङ्ग सेन्टर संचालनमा आउने भएको छ ।
६) स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई नगरपालिकाले १००० प्रोत्साहन भत्ताको सुविधा थप गरको छ । जसले गर्दा आ.व. २०७४/०७५ मा संस्थामा सुत्केरी हुने महिलाको संख्या १६४ रहेको थियो भने, आ.व. २०७७/०७८ मा संस्थागत सुत्केरी हुने महिलाको संख्या ४६१ पुगेको छ ।
७) नगरपालिकाले आकष्मिक कोष सञ्चालन निर्देशिका २०७८ जारीगरी मुटु, मृगौला, क्यान्सर, टाउको र मेरुदण्डको सर्जरी, अल्जाईमर्स रोगका बिरामीलाई २० हजारको दरले उपचार सहयोग दिने गरेको छ । संरक्षक नभएका जोखिममा परेका बालबालिका र ७० वर्ष माथिका जोखिममा परेका जेष्ठ नागरिकलाई नगरपालिकाहरुलाई १० हजारको दरले औषधि उपचार सहयोग गर्ने गरिएको छ । घाईतेहरुको उपचार तथा एम्वुलेन्स सेवामा नगरपालिकाबाट १५ हजार सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
८) कोभिड–१९ को संक्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नगरपालिकाले कोरोना कोष सञ्चालन कार्यविधि–२०७६ जारी गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा कानुनी सहजता पैदा गरिएको छ । हालसम्म ५८३ जना भन्दा बढीलाई क्वारेन्टिन र २६५ जना भन्दा बढिलाई आईसोलेसनमा राखेर उपचार गरिएको छ ।
९) विरामीहरुको उपचारलाई सहज बनाउन नगरपालिकाले एम्वुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७७ जारी गरी सुलभ दररेटमा एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ ।
१० स्वास्थ्य संस्थाहरुको मासिक, चौमासिक, अर्धवार्षिक र बार्षिक समिक्षा वैठक, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि तालिम संचालन गर्ने गरिएको छ ।
११) “घर–घरमा झण्डा सुत्केरीको हातमा अण्डा” कार्यक्रम संचालन गरी गर्भवती महिलाहरुको घरमा हरियो रंगको झण्डा गाड्नुको साथै अण्डा वितरण तथा अण्डा उत्पादनको लागि कुखुरा वितरण गर्ने गरिएको छ ।
१२) नगरपालिकाले १३ स्वास्थ्य संस्था र ५ वटा गाउँघर तथा खोप क्लिनिक भवन निर्माण गरेको छ ।
१३) नेपाल मानसिक स्वास्थ्य परामर्श केन्द्रको सहयोगमा द्धन्द्ध प्रभावितहरुको लागि मनोसामाजिक कार्यक्रम संचालन गरिएको ।
१४) नेपाल नेत्र ज्योती संघको सहयोगमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ ।
१५) स्वास्थ्यका लागि सक्षम प्रणालीको सहयोगमा स्वास्थ्य तथ्याङ्कलाई व्यवस्थि तगर्ने गरिएको छ ।
१६) हालसम्ममा १०८ जनालाई स्वास्थ्य उपचारको लागि आर्थिक सहायता उपलव्ध गराईएको छ ।
१७) महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ४०० को दरले प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
१८) जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको लागि आँखा, नाक, कान, घाटी, पाठेघर, र मानसिक स्वास्थ्य शिवीर संचालन गरी १८५० भन्दा बढीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

खेलकुद तथा संस्कृतिक क्षेत्रका उपलब्धी
१) खेलकुद क्षेत्रको विकास गर्न नगरपालिकाले “नगर प्रमुख खेलकुद प्रतियोगिता” संचालन गर्ने गरिएको छ ।
२) नगरपालिका भित्रका विभिन्न क्लवहरुमा खेलकुद सामाग्रीहरु वितरण गरिएको छ ।
३) स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा सम्र्वद्धन गर्न प्रत्येक बर्ष नलगाड साँस्कृतिक, महोत्सव संचालन गर्ने गरिएको छ ।
४) धर्म, सँस्कृतिको संरक्षण गर्न नगरपालिकाले २८ वटा देवताको थान तथा मन्दिर निर्माण गरेको छ ।

खानेपानी तथा सरसफाई क्षेत्रका उपलब्धी
१) जलश्रोत कार्यविधि–२०७५, सरसफाई नीति–२०७५, नमुना बस्ती विकास कार्यक्रम निर्देशिका–२०७५ र सरसफाई सम्वन्धी कार्यविधि–२०७५ पारित गरी लागु गरिएको छ ।
२) नगर प्रमुखको संयोजकत्वमा नगर स्तरीय सरसफाई समिति र वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय सरसफाई समिति गठन गरिएको छ । वडा सदस्यको संयोजकत्वमा टोलस्तरीय सरसफाई समिति गठन गरिएको छ ।
३) खानेपानी योजनाका ९ वटा क्याचमेन्ट, ९१ वटा ईन्टेक, ४७ वटा ट्याङ्की, २ वटा डि.टि., ३१ वटा वि.पी.टि., ३६६ वटा धारा निर्माण गरिएको छ ।
४) ३४७.७ किलो मिटर पाईपलाईन बिस्तार गरी नगरबासीलाई शुद्ध खानेपानीको सुविधा प्रदान गरिएको छ ।
५) १३ वटा नमुना बस्तीहरुमा महिला र पुरुषहरुको लागि फरक कोठा भएको सार्वजनिक शौचालयको निर्माण गरिएको छ ।
६) खानेपानीका ठुला आयोजनाहरुमा वडा नं. ७ मा साडे ३ करोड लागतमा भेरीखोला मुहान भई काँडादल्ली बफेलगाउँ खेगनकोट खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न गरिएको छ । नहकुली–जुरेली, रावतगाउँमा ठुला खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको छ ।
७) नमुना बस्तीहरुमा सरसफाई सम्वन्धी सचेतना मुलक होर्डिङ्गबोर्ड राखिएको छ ।
८) बजार, विद्यालय, स्वास्थ्य संस्था जस्ता सार्वजनिक स्थलहरुमा कुहिने र नकुहिने फोहोर राख्ने डस्टवीन वितरण गरिएको छ ।
९) नगरपालिकाको नेतृत्वमा दल्ली, कालीमाटी, तल्लुवगर, कैना, बगरा लगायतका क्षेत्रमा पटक–पटक सरसफाई अभियान संचालन गर्ने गरिएको छ ।
१०) नमुना बस्ती विकास कार्यक्रमबाट २०० लिटरको ४६४ ड्रम वितरण गर्नुको साथै शौचालय निर्माण, जुठेन खाडल निर्माणको लागि ४०७ वोरा सिमेन्ट, बाल्टी, हिल टेंक, फलामे चुलो वितरण गरिएको छ ।
लैङ्गिक समानता तथा समावेशी
१) हरेक आयोजनाको उपभोक्ता समिति लगाएत अन्य क्षेत्रमा निर्माण गरिने सबै समितिहरुमा ३३ प्रतिशत महिलाह सहभागीता अनिवार्यता गरिएको छ ।
२) जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
३) महिला तथा विपन्न नागरिकहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सीप विकास तालिम महिला बालबालिका तथा समाजकल्याण उपशाखाद्धारा संचालन गरिएको छ ।
४) नगरपालिका भित्रका अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा, खानपिन, आवास जस्ता बन्दोबस्तीको व्यवस्था सहित अपाङ्गमैत्री भवनबाट शिक्षा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
५) जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको लागि आँखा, नाक, कान, घाटी, पाठेघर, र मानसिक स्वास्थ्य शिवीर संचालन गरी १८५० जना भन्दा बढीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
६) नगरपालिकाले २४२ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।
७) लघु उद्यम विकास कार्यक्रमबाट विभिन्न सीप विकास तालिम दिएर महिलाहरुलाई लघु उद्यमी बनाउनुको साथै स्तरोन्नति तालिमसंगै लघु उद्यमी महिलाहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ ।
नगर न्यायीक समितिका उपलब्धी
१) नेपालको संविधानको धारा २१७ बमोजिम उप–प्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समितिको गठन गरिएको छ ।
२) न्यायिक समितिबाट ३० जनालाई मेलमिलापकर्ताको तालिम सञ्चालन गरी प्रमाणपत्र वितरण गरि सुचिकृत गरिएको ।
३) न्यायिक क्षमता अभिवृद्धिका लागि मेलमिलाप कर्ता र न्यायिक समितिका सदस्यहरु र कर्मचारीहरुलाई क्षमता अभिवृद्धिमुलक तालिम तथा कार्यक्रममा सहभागिता गराईएको ।
४) न्यायिक समितिबाट हालसम्ममा १२१ निवेदन दर्ता भएकोमा ९९ उजुरी फछ्यौट गरी विचाराधिन अवस्थामा २२ उजुरीहरु रहेका छन ।
भौतिक पूर्वाधार विकासका उपलब्धी
१) ९०.५१ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने तथा सडकको स्तरोन्नती गर्ने काम सम्पन्न भएको छ ।
२) १८६.३७ किलो मिटर सडक मर्मत तथा सडक सफा गर्ने काम सम्पन्न गरिएको छ ।
३) १३ नम्बर वडा कार्यालयको प्रशासनिक केन्द्र बाहेक अन्य सबै वडा कार्यालयको प्रशासनिक केन्द्रहरुलाई नगर सडक संजालमा जोडिएको छ ।
४) प्रधानमन्त्री र मूख्यमन्त्री रोजगार कार्यक्रमबाट १८०.२६ किलो मिटर घोरेटो बाटो निर्माण गरिएको छ ।
५) १९ वटा काठे, २ वटा झोलुङ्गे, १ पक्की पुल र ४ वटा टस्टवृजहरु निर्माण गरिएको छ ।
६) नगर कार्यपालिकाको वैठकको निर्णयबाट छेडा खोलामा रहेको वेलीवृजलाई नलगाडको झुम्रेखोला र नलगाड नदीमा स्तान्तरण गराई निर्माण कार्यसम्पन्न भएको छ ।

७) नगरपालिकाको प्रशासनिक भवन, १३ वटा वडा कार्यालय, १९ वटा स्वास्थ्य संस्था, ३६ वटा विद्यालय, १ वटा पशुसेवा चौखा, १ वटा नलगाड बहुमुखी क्याम्पस, २ वटा सहकारी संस्थाका गरी ६३ वटा संस्थागत पक्की भवन निर्माण कार्य सम्पन्न भरिएको छ ।
८) वडा नं. ५ मा १३ किलोवाट विद्युत उत्पादन क्षमता भएको लघुजलविद्युत आयोजना निर्माण गरिएको छ ।
९) नगरपालिका भित्रका विभिन्न लघुजलविद्युत आयोजनाबाट ३९.९ किलो मिटर विद्युत प्रसारण लाईन विस्तार गरिएको छ । पाँच बर्षमा ३६ पटक लघुजलविद्युत आयोजनाको मर्मत सम्मार गरिएको छ ।
१०) विद्युतको पहुँचमा नभएका वडा नं. १, ६, १०, ११ र १२ का गरीब तथा विपन्न नागरिकलाई १,२०३ सेट सोलार सेट वितरण गरिएको छ । ३०३ घरपरिवारलाई फलामे चुलो वितरण गरिएको छ ।

११) नगरपालिकाको विभिन्न स्थानमा ५.६९ किलो मिटर पक्की सिचाई कुलो निर्माण गरिएको छ ।
१२) नगरपालिका भित्रको विभिन्न ठाउँमा ५७.७२ किलो मिटर पाईप लाईन सिचाई आयोजना निर्माण गरिएको छ भने, ७ वटा क्याचमेन्ट, २ वटा ईन्टेक, २ ट्याङ्की, १ डि.टि, १ वि.पि.टि र १ पोखरी सिचाईको निर्माण गरिएको छ ।
( नयाँ आवधिक योजना २०७८।०७९(०८२।०८३ बन्ने प्रक्रियामा रहेको र समृद्ध र सफा नगर, दिगो विकास र सुशासनको शहर यसको दीर्घकालीन सोच र यस संगै मध्यकालिन खर्च संरचना निर्माण कार्य शुरु गरिएको छ ।

प्राप्त उपलब्धीहरुको प्रभाव
पूर्वाधार विकास, कृषि उत्पादन, पशुपन्छी पालन, सार्वजनिक सेवा प्रवाह, उद्योग तथा व्यापारका विभिन्न अबसरहरुले यहाँका थुप्रै नागरिकहरुलाई रोजगारी सृजना गरेको छ । यस नगरपालिकाका नागरिकहरुमा सोच्ने शैलीमा परिवर्तन आउन थालेको छ । यहाँका नागरिकहरुले जीवन जीउने शैलीलाई परिवर्तन गर्न थालेका छन् ।

गाउँमै बसेर निरन्तर घाँस दाउरा गरिरहेका सामान्य नागरिकहरुले बजार क्षेत्र र विशेषगरी प्रशासनिक केन्द्र आसपासमा आएर साना तथा ठुला व्यापार व्यवसाय संचालन गर्न थालेका छन् । बिभिन्न बिषयगत सहकारी र लघुवित्त मार्फत गाउँमा कर्जा लगानी बिस्तार हुन थालेको छ । राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकहरुले, कृषि उत्पादन, पशु पालन, व्यापार व्यवसाय र घर निर्माणको क्षेत्रमा ऋण प्रवाह गर्न थालेका छन् ।

रुकुम पश्चिमको छेपारेबाट चिसापानीसम्म हलुका सवारी साधनमा सवार गरेर चिसापानीको झोलुङ्के पुल तरेपछि पैदल हिडेर घरसम्म पुग्ने मात्र होईन नुन, तेल, दाल, चामल, लत्ताकडा जस्ता उपभोग्य बस्तुहरु थाप्लोमा बोकेर घरसम्म पुग्ने गरेका नगरवासी यतिवेला नगरपालिकाको प्रशासनिक केन्द्र दल्लीसम्म मात्र नभएर साना तथा ठुला सवारी साधनको प्रयोग गरेर खाद्यन्न, लत्ताकपडा, विभिन्न निर्माण सामाग्रीहरु घर–घरसम्मै ढुवानी गर्न थालेका छन् ।

खेतबारीमा उत्पादन गरेको खाद्यन्न तथा तरकारी र जंगलबाट संकलन गरिएको बहुँमुल्य जडिवुटीहरु ढुवानी गर्न घोडा–खच्चर्डलाई बिस्थापित गरेर अटो रिक्साको प्रयोग गरेर बजारसम्म पुर्याउन थालेका छन् ।

नगरपालिकाका अधिकांश ठाउँमा विद्युत लाईन प्रसारण भैसकेको छ । विद्युत लाईन प्रसारण नभएका गाउँ टोलका नागरिकहरुले सौर्य उर्जाको प्रयोग गरिरहेका छन् । विद्युत तथा सौर्य उर्जाको प्रयोगबाट घर–घरमा टेलिभिजनबाट प्रसारण हुने देश–विदेशका समाचार, महत्त्वपूर्ण ज्ञानवद्र्धक कार्यक्रमहरु सुन्न थालेका छन् । घरमै कम्प्युटर, ल्याटप राखेर कम्युटर सम्बन्धिको ज्ञान हासिल गर्न थालेका छन् ।

स्मार्ट फोनको प्रयोगबाट गाउँका बुढा बा–आमाहरुले कमाईको लागि तेस्रो मुलुकमा पुगेका छोरा–छोरीसंग विहान–बेलुका दैनिक भिडियो कल गरेर कुरा गर्न थालेका छन् ।

नगरपालिकाको नीति तथा कार्यक्रमले कृषि उत्पादन र पशुपन्छी पालनमा आकर्षण बढ्दै गएको छ । मह, खसीबोका र कुखुरामा आत्मनिर्भर भएको नगरपालिकाका किसानहरुले यहाँको महलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन थालेका छन् । यहाँ उत्पादन भएका खसीबोका र कुखुरालाई स्थानीय बजार, जिल्ला सदरमुकाम खलंगा, डोल्पा जिल्लाको दुनै, सुर्खेत, नेपालगञ्ज लगाएतका बजारमा लिएर खपत गर्ने गरेका छन् । सिजनलि सुन्तलाजात फलुफुलमा आत्मनिर्भर भएको यस नगरपालिका लसुन, मकै, गहुँबालीमा पनि आत्मनिर्भर छ । यहाँ उत्पादन भएको मकै कुखुराको दाना उद्योगहरुले गाउँमै आएर खरिद गर्ने गरेका छन भने, लसुनलाई डोल्पा, नेपालगञ्ज, चितवन, काठमाडौं लगाएतका बजारका ब्यापारीहरुले लिने गरेका छन् । कृषि, व्यापार र रोजगारीका माध्यामबाट आर्थिक सुधार हुदै गएका नगरबासीले बजारक्षेत्रका नीजि कच्ची घरहरुलाई विस्थापित गरेर पक्की घरहरु बनाउन थालेका छन् ।

बजार क्षेत्रका अधिकाँश घरमा ग्याँसको प्रयोग हुन थालेको छ । विद्यालय पहुँच भन्दा बाहिर रहेने बालबालिकाहरुको संख्या पाँच बर्ष पहिलेको तुलनामा अहिले निकै सुधार आएको छ । घरको आर्थिक अबस्था सुधार भएका अधिकाँश अविभावकहरुले आफ्ना बालबालिकालाई नीजि विद्यालयमा पढाउने गरेका छन भने, कमजोर आर्थिक अबस्थाका अविभावकहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । कृषि जेटिए (प्राविधिक धार तर्फ) को पढाईलाई पुरा गर्न विद्यार्थीहरुले नगरपालिका भन्दा बाहिर जानु पर्ने अबस्था छैन । ५ बर्ष पहिलेको तुलनामा अहिले उच्च शिक्षा हासिल गर्ने, लोकसेवा आयोगले लिदै आएका विभिन्न क्षेत्र र तहका परीक्षाहरुमा भाग लिन जिल्ला भन्दा बाहिर जाने विद्यार्थीहरुको संख्या हरेक बर्ष बढ्दै गएको छ । बेरोजगार युवाहरुले दिनभरी तास तथा क्यारेमबोर्ड खेलेर समय विताउने चलनको बिस्तारै सुधार हुन थालेको छ । बेरोजगार युवाहरुले आफ्नै नीजि, साहुँको व्यक्तिगत र सरकारी गाडीहरुको चालक– सहचालक बन्ने वा कतिपय युवाहरु टिकट काउन्टरमा बसेरस्वरोजगार बन्दै जाने अबस्था बढ्दै गएको छ ।

विस्तारै नगरबासीहरुको व्यवहारमा परिवर्तन आउन थालेको छ । व्यक्तिगत, घर्यासी र घरबाहिरको वातावरणिय सरसफाईमा नगरबासीहरुले ध्यान दिन थालेका छन् । निजी भान्सामा विविधततायुक्त खानाका परिकारहरु पकाउने, दैनिक भोजनको आहारविहारमा ध्यान दिने सचेतनाको विकास हुन थालेको छ । नगरपालिका भित्रका दीर्घरोगी, जेष्ठनागरिक, अपाङ्गता भएका नागरिक, महिला तथा बालबालिकाहरुले घर आँगनबाट सामुदायिक स्वास्थ्य सेवा पाउन थालेका छन् । घर आँगनबाट नागरिकले प्राप्त गरीरहेको सामुदायिक स्वास्थ्य सेवा, पोषणयुक्त भोजनबाट प्राप्त आहारविहारले यहाँका नागरिकहरुको औषध आयुमा बढ्न थालेको छ । सुरक्षित मातृत्वको ग्यारेन्टी जस्तै भएको छ । नवजात शिशु तथा बाल मृत्युदर सुन्य अबस्थामा आउन थालेको छ ।

नियमित गर्भजाँच, संस्थागत सुत्केरी, बृद्धि अनुगमनमा गुनात्मक सुधार आएको छ । सबै प्रकारका खोपहरुमा नियमितता, आईरन चक्की, बालभिटा प्रयोगमा सुधार आएको छ । आँखा, कान, नाक, घाँटी, पाठेघर, र मानसिक स्वास्थ्य परामर्श शिवीरबाट महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिनुको साथै नगर न्यायिक समिति मार्फत सामाजिक न्यायको कार्यसम्पादनलाई व्यवस्थित गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट बिशेषज्ञ स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा संचालन भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य भएको छ ।

यस पाँच बर्षे अवधिमा महसुस गरिएका केही जटिलताहरु  :
१.प्रशासनिक संघीयता सफल बनाउन चुनौती, कर्मचारीहरु सरुवा भएर जाने विगट नगरपालिकामा कर्मचारी टिकाउन गाह्रो ।
२. संघीयता प्रतिको मनोवैज्ञानिक एक्यवद्धता कायम गर्न गाह्रो ।
३. कानूनी जटिलता (संघीय कानून बन्ने कार्यमा ढिलाई स्थानीय कानून निर्माण गर्न विज्ञयताको कमी) ।
४. बजेट शिलिङ्गमा प्राप्त भएको भएको बजेट रकम आर्थिक वर्षका अन्त्यमा शतप्रतिशत प्राप्त नहुने समस्या ।
५. साझ सरकारको अवधारणा साझा हो भन्ने बनाउन गाह्रो ।
६. कामको चाप बढि जनशक्ति कम (संघ, प्रदेश र स्थानीय तीनै तहको कार्यवोझ बढ्दै गएको ।
७. भौतिक संरचनाको अभावले गुणस्तरिय सेवा प्रवाहमा समस्या भाडामा लिएर संचालन गर्नुपर्दा वित्तीय खर्च बढदो ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech