८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
सुनौलो हजार दिनका महिलाहरुलाई पौष्टीक आहार र स्वयमसेविकालाई प्रोत्साहन
सुनौलो हजार दिनका महिलाहरुलाई पौष्टीक आहार र स्वयमसेविकालाई प्रोत्साहन
  • paschimpatra

सल्यान । शिशु तथा आमाको पोषण सुधारका लागि भन्दै सल्यानको कपुरकोटमा सुनौलो हजार दिनका महिलाहरुलाई अण्डा र सर्वाेत्तम पिठो वितरण गरिएको छ । कपुरकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले एक सय ५० जना महिलाहरुलाई पोषणयुक्त खाने कुरा वितरण गरेको हो ।

नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको वडा कार्यलयले जनाएको छ । एकरएक क्यारेट अण्डा र एकरएक पोका सर्वाेत्तम पिठो वितरण गरिएको वडा सचिव हिरा कुमारी वलीले जानकारी दिइन् ।

यस्तै वडा कार्यालयले आफ्नो वडाभित्रका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि प्रोत्साहन गरेको छ । प्रोत्साहन कार्यक्रम अन्तर्गत १० जनालाई एकरएक थान झोला, डायरी र कलम वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाले उनीहरुको सम्मान र प्रोत्साहनका लागि सामग्रिहरु प्रदान गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनले जानकारि दिए ।

मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा अध्यक्ष सेनले सामग्री वितरण गरेका थिए ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech