३० असार रुकुम पुर्व । कोइली शाहीको मृत्यु प्रकरणमा पत्रकार मुछिएका छन ।रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकारको नाम अगाडी आएको हो ।प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री माथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।रुकुम पूर्व सिस्ने गाउँपालिका ६ खोपिचार घर भएकी २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् ।शाहीको परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो ।
खत्रीले शाहीलाई फोन गरेर पटक(पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताएका छन् ।