६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
६ बुँदे नलगाड घोषणा पत्र जारी गर्दै मिडिया विकास बहस कार्यक्रम सम्पन्न
६ बुँदे नलगाड घोषणा पत्र जारी गर्दै मिडिया विकास बहस कार्यक्रम सम्पन्न
  • paschimpatra

जाजरकोट । नलगाड नगरपालिकामा मिडिया विकास बहस कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति जाजरकोटको आयोजना र नेपाल पत्रकार महासंघ शाखा जाजरकोटको समन्वयमा मिडिया विकास वहस कार्यक्रम ६ बुद्धे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

जाजरकोट जिल्लामा सञ्चालित, रेडियो एफ.एम, पत्रपत्रिका, अनलाईन सञ्चार माध्यमहरुको विकासका लागि क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरु सँग छलफल गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जाजरकोटका संयोजक लोकेन्द्र विक्रम शाहीले जानकारी दिए ।

मिडिया विकास वहस कार्यक्रममा पूर्व गृह मन्त्री एवं प्रतिनिधी सभा सदस्य, शक्तिबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु रामदीप आचार्य, गगनबहादुर खड्का (जीवन), पार्वती विक (शान्ता), नलगाड नगरपालिका मेयर टेकबहादुर रावल, उप प्रमुख बालकुमारी बस्नेत, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरी सहित जिल्लाका केही सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech