४ श्रावण २०८२, शनिबार
४ श्रावण २०८२, शनिबार
मोटरसाइकल दुर्घटनामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष बस्यालको निधन
मोटरसाइकल दुर्घटनामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष बस्यालको निधन
  • न्युज डेस्क

३० असार बर्दिया । मोटरसाइकल दुर्घटनामा परी नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल राकेशको आइतवार राती मृत्यु भएको छ ।प्रहरीका अनुसार बर्दियाको मधुवन नगरपालिका, ८ लालसिंह चोकमा आइतवार बेलुकी करिब ८ वजेतिर भएको मोटरसाइकल दुर्घटना गम्भिर घाइते भएका ५७ वर्षीय बस्यालको उपचारको क्रममा आइतवार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक चक्रबहादुर डमरपालले जानकारी दिनु भयो ।

मधुवनको ढोढरी बाट आफनो घर गुलरिया तर्फ आउदै गर्दा आइतवार बेलुकी ८ वजेतिर ४२ वर्षिय विष्णु पौडेलले चलाएको भे १३ प ९३६७ नम्वरको मोटरसाइकले बारबर्दिया नगरपालिका ४ निवासी प्रदीप थारुले चलाएको साइकललाई ठक्कर दिएको थियो । ठक्कर पछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिएको थियो । मोटरसाइकल पछाडी वसेका बस्याललाई टाउको र खुटटामा गम्भिर चोट लागेको थियो । जिल्ला अस्पताल गुलरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागी बाँके कोहलपुर लगिएको थियो । मोटरसाइकल चालक पौडेल र साइलक चालक थारुको अवस्था सामान्य रहेको छ ।

  • ३० असार २०८२, सोमबार प्रकाशित
  • Nabintech