१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जन्मदिनको अवसरमा शर्माद्वारा बिपत कोषमा रकम सहयाेग
जन्मदिनको अवसरमा शर्माद्वारा बिपत कोषमा रकम सहयाेग
  • paschimpatra

जाजरकोट । खलंगा सह लगानि खानेपानी तथा सरसफाई उपभोक्ता समिति जाजरकोटका अध्यक्ष बसन्त प्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा बिपत कोषमा रकम सहयोग गरेका छन् ।

जन्मदिनको अवसरमा अनावश्यक हुने खर्चलाई कटौति गर्दै  समाजसेवि अच्युत प्रशाद शर्मा र ब्यवशायी कृष्ण मल्लको सयुक्त हस्ताक्षरबाट खाता संचालनमा रहेको विपद कोषमा उनले ११ हजार १ सय ११ रुपैया जम्मा गरेका हुन् ।

जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई फेसबुकमा धन्यवाद स्टाटस लेख्दै शर्माले यो बर्षको जन्मदिन अलि पृथक तरिकाले जन्मदिन मनाउन विपतको लागि राहत नारा बनाएर जाजरकोट भित्र हुने कुनै विपतमा परेकालाई सहयोग गर्ने उद्येश्यले खोलीएको खातामा ११ हजार ११ सय ११ रुपैँया जम्मा गर्न पाउदा खुसी ब्यक्त गरेको छन् ।

विपत समस्या पर्दा सहयोग गर्न सकिने भन्दै सुरुवात आफैबाट गरिएको बताए । र अन्यलाई पनि फजुल खर्च गर्नुभन्दा एउटा पुण्य काममा सहभागी हुन अपिल समेत गरेका छन् ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech