१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार
जाजरकोटमा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु
जाजरकोटमा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु
  • न्युज डेस्क

१ असार जाजरकोट । जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिका ७ खगेनकोटस्थित सडकमा दल्लीबाट कायाखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका ७ बगरा बस्ने १९ वर्षीय विनोद परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरहजहारी रूकुम पश्चिममा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको नेपालगन्ज नर्सिङहोम अस्पतालमा उपचार भइरहेको छ ।

  • १ असार २०८२, आईतवार प्रकाशित
  • Nabintech