२९ जेठ काठमान्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लिफ्ट जडानमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।बिनाप्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन लिफ्ट जडान गरेको भन्दै युवराज सफलले बिहीबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन्।
लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरित समेत भएकाले त्यसमा भएको भ्रष्टाचारको छानबिन गर्न समेत माग गरिएको छ।