१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना भएको वडा घोषणा
शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना भएको वडा घोषणा
  • paschimpatra

जाजरकोट । छेडागाड ४ जेवा जाजरकोटले वडा स्तरीय शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको छ ।

हामी सबैको एउटै इच्छा बालबालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

४ बर्ष देखी १२ सम्मका बाल विकास देखी कक्षा ८ सम्म पढ्ने बालबालिकाहरु खाती जेवा टोलमा १ सय ७२ जना, गाँउ जेवा टोलमा १ सय ४७ जना, चौर जेवा टोलमा ८५ जना र टाटा जेवा टोलमा २ सय ३० जना सहित जम्मा ६ सय ३४ जना बालबालिका रहेका रहेको छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन २०७५ तथा छेडागाड नगरपालिकाको अनिवार्य तथा आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका, २०७७ बमोजिम छेडागाड नगरपालिका वडा नं. ४ लाई आधारभूत तहका (४ देखि १२ वर्ष सम्मका) शतप्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना तथा निरन्तरता भएको घोषणा गरिएको वडा अध्यक्षतथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर थापाले बताउनु भयो ।

सबै भन्दा पहिलो चरणमा बालबालिकाको पहुचलाई स्थापित गर्ने राज्यको नीतिनियम अनुसार स्थानिय सरकारले पनि सोही किसिमको नीति नियमलाई कार्यन्वय गर्दै शिक्षा क्षेत्रमा गुणस्तरीय कार्यमा छेडागाड नगर शिक्षा शाखा विद्यालय समन्वयकर्ता कृष्ण बहादुर थापाले बताउनु भयो ।

उक्त कार्यक्रमा सहयोग पुर्याउने विरेन्द्र आधारभुत विद्यालय खाती जेवा, रामोदय मावि जेवा, दिपेन्द्र आधारभुत विद्यालय चौर जेवा, बिद्याज्योती आधारभुत विद्यालय सिद्धडाडा, लाली गुरास बालविकास केन्द्र, सृजनसिल बालविकास केन्द्र, उज्वल बालविकास केन्द्र, नवज्योती बालविकास केन्द्र, धुर्वतारा बालविकास केन्द जनभावना आधारभुत विद्यालय पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट तथा शिक्षा कार्यक्रम संयोजक कृष्ण कार्की, सामाजिक परिचालन अधिकृत गणेश बहादुर बानिया, सामाजिक परिचालन अधिकृत प्रेम बहादुर रावत र सेभ द चिल्डे«न सुर्खेत, सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज उपाध्याय लगाएतलाई कदर पत्र प्रदान गरिएको थियो ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको अवसर सहयात्रा परियोजनाको प्राविधिक आर्थिक सहयोगबाट शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको वडा सचिव प्रेम बहादुर विसि बताउनुभयो ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech