२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
पुर्वमन्त्री पदम राईको निधन
पुर्वमन्त्री पदम राईको निधन
  • न्युज डेस्क

८ मंसीर काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।पार्किन्सन रोगबाट थलिएका उहाको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गर्नुभएको छ ।

भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनु भएको थियो ।राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लाग्नु भएको थियो । वैद्यको पार्टी फुटेपछि उहा नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिनु भएको थियो ।यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राईको निधनले दुखित बनाएको बताउनु भएको छ ।

  • ८ मंसिर २०८१, शनिबार प्रकाशित
  • Nabintech