१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं : माधव नेपाल
स्थानीय चुनावमा ठूलो सफलता पाउँछौं : माधव नेपाल
  • paschimpatra

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् ।

‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौं’ उनले भने ।

अध्यक्ष नेपालले आगामी चुनावलाई मध्यनजर गरेर विभिन्न स्थानीय तह र टोलटोलमा समिति बनाउने काममा लागेको पनि बताए ।

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक सोमबार काठमाडौंमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले २५ फागुनमा बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित
  • Nabintech