१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेटमा यातायात सेवा र शिक्षण संस्था बन्द
जाजरकाेटमा यातायात सेवा र शिक्षण संस्था बन्द
  • paschimpatra

जाजरकाेट । जाजरकाेटमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।

प्रहरी कार्यालय जाजरकाेटका अनुसार आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको जनाएकाे छ । जाजरकाेटबाट नेपालग‌ञ्ज सुर्खेत, काठमाण्डाै लगायत जाने गाडी पुर्ण रुपमा बन्द भएका हुन् ।

यस्तै बन्दका कारण शिक्षण संस्था र बजार समेत खुल्न सकेका छैनन् । विद्यालयहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् ।

एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित
  • Nabintech