७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
एमसीसी विरूद्ध जाजरकोटमा विराेध प्रदर्शन हुने
एमसीसी विरूद्ध जाजरकोटमा विराेध प्रदर्शन हुने
  • Paschimpatra

जाजरकोट । अमेरिकी अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटका जनसंगठन सडक संघर्षमा उत्रिने भएका छन् ।

अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादी निकट मोर्चा संगठनहरु यसका विरुद्ध आइतबार सडक संघर्षमा उत्रिन भएका हुन् ।

आइतबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठाँटीमा विरोध प्रदर्शनको आयोजना गरिएको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य भरत कुमार शर्माले जानकारी दिनुभयो ।

देशको सुरक्षा, सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय अखण्डता र असंलग्न परराष्ट्र निती विरुद्ध एमसीसी रहेको भन्दै यसको खारेजीका लागि राष्ट्रव्यापी कार्यक्रम अन्तरगत जाजरकोटमा पनि हुन लागेको शर्माले बताउनुभयो ।

कार्यक्रममा समाजवादीका भातृ संगठन अनेरास्ववियू, युवा संघ नेपाल, अनेमसंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठन, समाजवादी प्रेस संगठन नेपाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहने छ ।

साथै आयोजकले सम्पूर्ण एमसीसी विरुद्ध लागेका युवा, विद्यार्थी, मजदुर लगाएत देशप्रेमी सबैलाई कार्यक्रममा सरिक हुन आह्वान गरेको छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै सडकमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । एमाले, कांग्रेस एमसीसीको पक्षमा उभिएको बेला नेकपा (एस) यसको विरुद्धमा उत्रिएको हो । एमाले भित्रका कतिपय नेताहरु भने एमसीसीको विरोधमा उत्रिएका छन् ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित
  • Nabintech