१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
मन्त्री सिंहद्धारा १० जिल्लामा प्रमुखसँग छलफल गर्दै
मन्त्री सिंहद्धारा १० जिल्लामा प्रमुखसँग छलफल गर्दै
  • न्युज डेस्क

सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्नुहुँने भएको छ ।

फागुन २ गते १० जिल्लाका कार्यालय प्रमुखलाइ मन्त्रालयमा बोलाएर त्यहाँ भएका विकास निर्माणका विषयमा छलफल गर्न लागिएको हो । काम गर्दा आएको कठिनाइ र समाधानका उपायका विषयमा समेत व्यापक छलफल हुन लागेको मन्त्री सिंहले जानकारी दिनभयो ।

दोस्रो चौमासिकको आखिरी समयमा आइपुग्दा सम्मा मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको भन्दै मन्त्री सिंहले शनिबार समेत नभनी काम गर्न निर्देशन समेत दिनुभएको छ । जिल्ला भए गरेका कामको विस्तृत छलफल र आउने कामलाइ प्रभावकारी बनाउका लागि यो छलफल प्रभावकारी हुने अपेक्षा लिइएको छ ।

त्यस्तै फागुन ३ गते विद्युत प्राधिकरणका प्रमुखसँग समेत गर्न लागिएको छ । १० जिल्लामा विद्युतीकरणको अवस्था र गर्नुपर्ने कामको विषयमा छलफल गर्न मन्त्री सिंहले प्राधिकरणका प्रमुखसँग छलफल गर्न लाग्नु भएको उहाँका प्रमुख स्वकीय सचिव हेमन्त केसीले जानकारी दिनुभयो ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech