३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने
दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने
  • न्युज डेस्क

१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् ।

आम आद्मी पार्टी आपको विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि दल नेता चुनिएको हो ।मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।

१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।अब वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech