३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा बढिको मृत्यु
बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा बढिको मृत्यु
  • न्युज डेस्क

१ असोज म्यानमार । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू ८० जना बेपत्ता रहेको बताइएको छ ।

यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन् । यागीका कारण म्यानमारमा पूरै गाउँ ध्वस्त हुँदा २२० जनाको मृत्ुयु भएको छ । सयौँ हजार खेतीयोग्य जमिन ध्वस्त भएका छन् । ५ लाखभन्दा धेरै मानिसलाई तत्कालै खानेकुरा र पिउने पानी, आश्रय र लत्ताकपडा चाहिएको संयुक्त राष्ट्र सङ्घ यूएनले भनेको छ ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech