३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
सोमबार पेस हुँदै सहकारी छानबिन समितिको प्रतिवेदन
सोमबार पेस हुँदै सहकारी छानबिन समितिको प्रतिवेदन
  • न्युज डेस्क

३० भदौ काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि सोमबारको प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र टीओआरमा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech