२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
स्वीकृत भयो वनमन्त्री बादशाह कुर्मीको राजीनामा
स्वीकृत भयो वनमन्त्री बादशाह कुर्मीको राजीनामा
  • न्युज डेस्क

२६ भदौ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मिको राजीनामा स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले आज बुधबारबाट लागु हुनेगरी मंगलबार दिउँसो राजीनामा पत्र बुझाउनु भएको थिया । मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्री कुर्मिले बुझाएको राजीनामा आज बुधवार स्वीकृत गर्नु भएको हो ।

बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको थियो । मन्त्रीमा नियुक्त भएदेखिनै उहाको बारेमा मानव अधिकारकर्मीहरूले बिरोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपहरूको छानबिनको लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको उहाको भनाई छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ ।

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech