१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
कुदुको खानेपानी निर्माणमा अनियमितता भएको भन्दै प्रशासनमा उजुरी
कुदुको खानेपानी निर्माणमा अनियमितता भएको भन्दै प्रशासनमा उजुरी
  • paschimpatra

जाजरकाेट । जाजरकोटको भेरी नगरपालिका १३ कुदुको खानेपानी निर्माणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा उजुरी परेको छ ।

परिवर्तनका लागि युवा अभियान जाजरकाेट, द लाइन्स क्लब जाजरकाेट, जाजरकाेट युवा क्रिकेट क्लब, फुटबल क्लब जाजरकाेट लगायतका सस्थाहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर खानेपानीको चरम समस्या भएको कुदुमा खानेपानी योजना निर्माणका लागि आएको बजेट दुरुपयोग भएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका हुन् ।

खानेपानी निर्माणका लागि भेरी नगरपालिकाको ९८ लाख, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयको ४ लाख, बृहत जलाधार व्यवस्थापन केन्द्रको २ लाख गरी जम्मा १ करोड ४ लाख बजेटमा अनियमिता भएको भन्दै उजुरी गरिएको हो ।

खानेपानी निर्माणका लागि ठुलो बजेट गएको भएपनि योजना निर्माण नगरी बजेट दुरुपयोग गरिएकोले छानविनको माग गर्दै उजुरी दिइएको अभियान्ता प्रनिल चन्दले जानकारी दिनुभयो ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech