१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकोट जिल्लाको मतदाता संख्या एक लाख चार हजार
जाजरकोट जिल्लाको मतदाता संख्या एक लाख चार हजार
  • paschimpatra

जाजरकाेट । जाजरकोट जिल्लाको मतदाता संख्या १ लाख ४ हजार पुगेको छ । २०७४ सालमा ८३ हजार ९३७ मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल मतदाता संख्या १ लाख ४ हजार ६११ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यही माघ २५ गतेसम्म कार्यालयमा मतदाता नामावली भर्नेको संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्लामा जम्मा मतदाता संख्या १ लाख ४ हजार ६११ मध्ये ५५ हजार २७७ जना पुरुष रहेका छन् भने, ४९ हजार ३३२ महिला रहेका छन् । २ जना तेस्रो लिङ्गि रहेका छन् । उक्त मतदाता विवरण प्रारम्भिक चरणको रहेको जानकारी दिदै जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी नविन कठायतले निर्वाचन आयोगले एकीकृत तथा संशोधन गरेर अन्तिम विवरण आगामी चैत मसान्तसम्म प्रकाशन गर्ने जानकारी दिएका छन् । हालको विवरणमा मृत्यु भएका, दोहोरो परेका र १८ बर्षमुनीका व्यक्तिहरुको विवरण घट्ने र बाहिर जिल्लाबाट नामावली भरेका नामावलीको विवरण थपिने सुचना अधिकारी काठायतले बताए ।

जिल्लाका सात वटै स्थानीय तहहरुमध्ये सबै भन्दा बढि मतदाता संख्या भेरी नगरपालिकामा रहेको छ । २०७४ सालमा १७ हजार ९८४ मतदाता संख्या रहेको भेरी नगरपालिकामा यतिवेला २२ हजार ३६७ पुगेको छ । जसमा ११ हजार ५४३ पुरुष रहेका छन् भने, १० हजार ८२३ महिला रहेका छन् । १ जना तेस्रो लिङ्गि रहेका छन् । भेरी नगरपालिकामा १३ वटा वडा रहेका छन् । जिल्लाको सबै भन्दा कम मतदाता संख्या रहेको पालिका शिवालय गाउँपालिका रहेको छ । २०७४ सालमा ७ हजार ६४५ मतदाता रहेको शिवालय गाउँपालिकामा यतिवेला ९ हजार ३६२ मतदाता संख्या पुगेको छ । जसमा ४ हजार ९१४ पूरुष रहेका छन् भने, ४ हजार ४४८ महिला रहेका छन् । शिवालय गाउँपालिकामा ९ वटा वडा रहेका छन् ।

त्यसैगरी २०७४ सालमा १७ हजार २१९ मतदाता संख्या रहेको छेडागाड नगरपालिकामा यतिवेला २० हजार ७४५ मतदाता संख्या पुगेको छ । जसमा ११ हजार ४१ पुरुष रहेका छन् भने, ९ हजार ७०३ महिला रहेका छन् । १ जना तेस्रो लिङ्गि रहेका छन् । छेडागाड नगरपालिकामा १३ वटा वडा रहेका छन् । २०७४ सालमा १३ हजार २६४ मतदाता संख्या रहेको नलगाड नगरपालिकामा हाल १६ हजार ५५१ मतदाता संख्या पुगेको छ । जसमा ८ हजार ७४९ पूरुष रहेका छन् भने, ७ हजार ८०२ महिला रहेका छन् । नलगाड नगरपालिकामा १३ वटा वडा रहेका छन् ।

२०७४ सालमा ८ हजार ७२१ मतदाता संख्या रहेको बारेकोट गाउँपालिकामा हाल ११ हजार १९९ मतदाता संख्या पुगेको छ । जसमा ५ हजार ८५५ पूरुष रहेका छन् भने, ५ हजार ३४४ महिला रहेका छन् । बारेकोट गाउँपालिकामा ९ वटा वडा रहेका छन् । त्सैगरी २०७४ सालमा ९ हजार ९३९ मतदाता संख्या रहेको जुनीचाँदे गाउँपालिकामा हाल १२ हजार १७७ मतदाता संख्या पुगेको छ । जसमा ६ हजार ५४७ पूरुष रहेका छन् भने, ५ हजार ६३० महिला रहेका छन् । जुनीचाँदे गाउँपालिकामा ११ वटा वडा रहेका छन् । २०७४ सालमा ९ हजार १६५ मतदाता संख्या रहेको कुशे गाउँपालिकामा हाल १२ हजार २१० मतदाता संख्या पुगेको छ । जसमा ६ हजार ६२८ पूरुष रहेका छन् भने, ५ हजार ५८२ महिला रहेका छन् । कुशे गाउँपालिकामा ९ वटा वडा रहेका छन् ।

भेरी नगरपालिका–१ र छेडागाड नगरपालिका–९ मा एक–एक जना तेस्रो लिङ्गि मतदाता रहेका छन् । जिल्लाका ७७ वटा वडाहरुमध्ये सबै भन्दा बढि मतदाता संख्या बढि भएको वडा भेरी नगरपालिकाको २ नम्बर वडा रहेको छ । भेरी–२ मा ३ हजार २९८ मतदाता संख्या रहेको छ । जसमा १ हजार ६९५ पूरुष रहेका छन् भने, १ हजार ६०३ महिला रहेका छन् । जिल्लाको सबै भन्दा कम मतदाता संख्या भएको वडामा छेडागाड नगरपालिकाको ७ नम्बर वडा रहेको छ । छेडागाड–७ मा ३९३ मतदाता संख्या रहेको छ । जसमा २३३ पूरुष रहेका छन् भने, १६० महिला रहेका छन् ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech