३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
शेख हसिनाविरूद्ध हत्या सम्वन्धि २ वटा मुद्दा दर्ता
शेख हसिनाविरूद्ध हत्या सम्वन्धि २ वटा मुद्दा दर्ता
  • न्युज डेस्क

३१ साउन काठमान्डौ । बंगलादेशका निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्याको अर्को मुद्दा दर्ता भएको छ।

विद्यार्थीहरूको आन्दोलनका क्रममा जुलाई १९ मा ढाका डिग्री कलेजका विद्यार्थी इस्लाम रोजनको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो।

बुधबार उनका इस्लामका दाइ मोहम्मद राजिवले हसिनासहित अन्य २३ जनाविरूद्ध ढाकाको अदालतमा हत्याको मुद्दा दायर गरेका हुन्।मुद्दामा प्रारम्भिक सुनुवाइपछि मजिस्ट्रेटले उजुरीकर्ताको बयान लिई काफ्रुल प्रहरी चौकीका इन्चार्जलाई पहिलो सूचना प्रतिवेदन एफआईआर दर्ता गर्न भनेको छ।हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमन खान, अवामी लिगका पूर्व महासचिव ओबेदल कादर, पूर्व कानुनमन्त्री अनिसुल हक, पूर्व प्रहरी महानिरीक्षक चौधरी अबदुल्लाह अल मामुन, ढाकाका पूर्व प्रहरी प्रमुख लगायत २३ जनालाई प्रतिवादी बनाइएको छ।यो हसिनाविरूद्ध हत्याको आरोप लगाउँदै दर्ता भएको दोस्रो मुद्दा हो।यसअघि मंगलबार हसिनाविरूद्ध हत्याको मुद्दा दायर भएको थियो। आरक्षण सुधारको माग गर्दै जुलाई १९ मै ढाकाको मोहम्मदपुर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर अबु सैयदको मृत्यु भएको थियो।

  • ३१ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech