१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
कुशेका मिर्गौला पिडित बिरामीलाई तप्त हमालको ५ हजार सहयोग
कुशेका मिर्गौला पिडित बिरामीलाई तप्त हमालको ५ हजार सहयोग
  • Paschimpatra

जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले कुशेका एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ का मिर्गौला पिडत विरामी हरिबहादुर हमालको उपचारका लागि हमालले ५ हजार रुपैयाँ सहयोग गरेका हुन ।

आर्थिक अभावका कारण हरिबहादुर हमालको उपचारमा समस्या भएपछि युवा नेता हमालले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । मिर्गौला पिडित बिरामीको उपचारका लागि आफुले सक्दो सहयोगको सुरुवात गरेको भन्दै सबैले सहयोग गर्नका लागि हमालको आग्रह छ ।

मिर्गौलामा समस्या देखिएपछि हमालको काठ्माण्डौंमा उपचार भइरहेको छ । काठ्माण्डौंमा महंगो उपचार गर्नुपरेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै बिरामी हमालको परिवारले सक्दो सहयोग गरिदिन सबैसंग आग्रह गरेको छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech