२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
अवको बोर्ड अध्यक्ष करिष्मा वा दिनेश, बिदा भए भुवन केसी
अवको बोर्ड अध्यक्ष करिष्मा वा दिनेश, बिदा भए भुवन केसी
  • न्युज डेस्क

१० साउन काठमान्डौ । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले आफ्नो कार्यकाल पूर्णरुपमा सफल भएको दावी गरेका छन् । आज बोर्डको अध्यक्षबाट बिदा हुँदै गर्दा उनले दुई वर्षमा गरेका कामकाजको फेहरिस्त सुनाए ।

चलचित्रहरुको बक्स अफिस कलेक्शन, सेन्सर, चलचित्र क्षेत्रको नाम चयन, विदेशमा हुने महोत्सव र अनावश्यक बजेट विनियोजन गरेको भन्दै केसी चर्को आलोचनामा परेका थिए । प्रेमिका जिया केसीसँग कार्यकक्षमै रोमान्स गरेको, सरकारी गाडी दुरुपयोग लगायतका विषयमा उनी विवादमा तानिए । प्रगति विवरण सुनाउँदा विवादका यी विषयमा भने उनी बोलेनन् ।२४ महिनाको कार्यकालमा केसी १२ पटक अध्यक्षको हैसियतमा विदेश भ्रमणमा गएको विषय पनि विवादमा परेको थियो ।

बोर्ड अध्यक्षबाट केसी पदमुक्त भएसँगै नयाँ नेतृत्वको लागि विभिन्न कलाकारहरूले दौडधुप गरिरहेका छन् । दिनेश डिसी वा करिष्मा मानन्धरमध्ये एक जनाले नेतृत्व हात पार्न सक्ने सिनेवृतमा चर्चा छ । यी दुवै जना एमालेनिकट मानिन्छन् ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech