१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
सिम्तामा पिपिआर खोप सप्ताहमा २४ हजार पशुचौपाएको उपचार हुने
सिम्तामा पिपिआर खोप सप्ताहमा २४ हजार पशुचौपाएको उपचार हुने
  • paschimpatra

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा ९ वटै वडमा पशु स्वास्थ्य शिवर सञ्चालन हुने भएको छ ।उक्त शिविरबाट २४ हजार पशुचौपाएको उपचार तथा पिपिआर खोप लगाउने जनाएको छ । सिम्तामा प्रत्येक वर्ष पशु स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ ।

वडाको टोल वस्ति र पायक पर्ने स्थानमा किसानले आफ्ना पशुचौपाए उक्त शिविरमा ल्याइ मौकाको फाइदा लिन सिम्तालि कृषकहरुलाइ सिम्ता गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख दिलवहादुर पुनको भनाइ रहेको छ ।

पशुपन्छि विकास निर्देशनालय विरेन्द्रनगर सुर्खेतको आयोजना र सिम्ता गाउँपालिकाको समन्वयमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सिम्ता गाउँपालिका वडा नं ३ मा अध्यक्ष नहकुले बुढा र वडा नं १ वडा अध्यक्ष मानसिं कामी ज्युको उपस्थितिमा उद्घाटन गरिएको छ।

सो कार्यक्रम पशुपन्छि विकास निर्देशनालयले खोप सहयोग र सिम्ता गाउँपालिकाले प्राविधिक सहयोगमा बाख्राको पिपिआर खोप सप्ताह यहि माघ २३ गते बाट सञ्चालन गरिएको छ।खोप सप्तनहा नामकरण दिएर २४ हजार पशुचौपायाको स्वास्थ्य चेकजाँच साथै पिपिआर खोप लगाउने वताएको छ ।उक्त कार्यमा सहयोग पुर्‍याउन पशु स्वास्थ्य शाखाले सार्वजनिक अपिल गरेको छ ।पाएक पर्ने स्थानमा पशु चौपाया ल्याइ उपचार,आवश्यक सल्लाह,औसधि उपचार र बाख्राहरको लागि अनिवार्य खोप लगाउने वताएको छ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech