१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
सडकको दुरावस्था यात्रुलाई सास्ती
सडकको दुरावस्था यात्रुलाई सास्ती
  • पदम के सी

जाजरकोट । चुनाव प्रचारप्रसार गर्दा विकासका आधिभेरी ल्याउने आस्वासन दिएका राजनितीक दलहरु चुनाव सकिएसगै हराउने गरेका छन । वर्षौ देखि विभिन्न समस्या खेपिरहेका जाजकोटबासीका नाममा राजनिति गर्दै आएका दलहरुले आफुहरुको समस्या नवुझेको स्थानीयबासी बताउछन ।

सडक नपुगेकै कारण अझै पनि जाजरकोटबासी हिडेरै यात्रा गर्न विवश छन । सडक पुगेका स्थानमा स्तर उन्नती नहुदा उनीहरु सकसपुर्ण यात्रा गरीरहेका छन, भने सडक भेटाउन उनीहरु घन्टौ हिडनु पर्ने बाध्यता छ ।

सदरमुकाम खलंगाबाट रीसाङ, बाउनथान हुदै पाँचकाटिया सडकको ट्याक खोलिएको १४ वर्ष वित्यो । तर उक्त सडकको स्तर उन्नति भने हुन सकेको छैन । सडकको स्तर उन्नति नहुँदा स्थानीयबासी सकसपुर्ण यात्रा गर्दै आएका छन ।

सडक साघुरो, खाल्डाखुल्डि र ठुलागाडि नचल्ने भएका कारण रीसाङ, बाहुनथान, डिगाँ, पोखरा, लगाएतका स्थानीयबासीले गाडिमा चड्न नपाउने गरेको पुष्प ओलि बताउछन । उनी भन्छन, गाडि चड्ने मन हुदाँ हुदै पनि गाडिवालाले गाडि नरोक्ने र पाँचकाटिया सम्मका यात्रुले गाडि भरीभराउ हुने भएपछि हिँडेरै सदरमुकाम आउने जाने गर्नु पर्छ ।

२०६४ सालमा ट्याक खोलिएको उत्त सडकको १४ वर्ष सम्म स्तर उन्नती हुन सकेको छैन । हिउदमा जसोतसो साना गाडिहरु चल्ने गरेपनि वर्खा लागेसगै सडक पुर्ण रुपमा बन्द हुने गरेको भत्त बहादुर शाह बताउछन ।

जाजरकोटको धेरै जसो स्थानमा सडकको अवस्था यस्तै छ । भिरालो जमिनमा सडक खनिएका कारण बर्खा सुरु हुन वितिकै सडक अबरुद हुने गरेका छन ।

सडकको दुरावस्थाका कारण विरामि समेतलाई अस्पताल पुर्याउन समस्या हदै आएको छ । कतिपयले पहुचका भरमा घरघरमा सडक पुर्याएपनि सर्वसाधरणले घन्टौ हिडेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छैन ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech