१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
श्रीज्योति फाउन्डेसनद्धारा भुकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
श्रीज्योति फाउन्डेसनद्धारा भुकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
  • paschimpatra

जाजरकोट ।  श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

फाउन्डेसनले गैर-आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छान्रालाई छात्रवृत्ति वितरण गरेको हो ।

गैरआवसिय जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन ।

त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् । उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन् । अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययनसम्म कायम रहोस्,उनले भनिन्, नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं ।

जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेको बताइन् । भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ, उनले भनिन्, संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण छ । फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् । उनले फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताइन् ।

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित
  • Nabintech