१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
ज्वालाकाे पहलमा नेरा माविमा बन्याे ८ काेठे भवन 
ज्वालाकाे पहलमा नेरा माविमा बन्याे ८ काेठे भवन 
  • paschimpatra

साङ्केतिक तस्बीर

सल्यान । सल्यानकाे कुमाख गाउँपालिका वडा २ मा रहेको नेरामाविकाे ८ काेठे भवन पुर्व अर्थ मन्त्री ज्वालाद्वारा उद्घाटन गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाकाे लागत साझेदारीमा करिव ५४ लाख लागतमा उक्त भवन निर्माण भएको हाे ।भवन उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका उप महासचिव तथा कर्णाली प्रदेश सरकारका  पुर्व अर्थ मन्त्री प्रकाश ज्वालाले शिक्षा क्षेत्रको आमुल परिवर्तन विना अरु परिवर्तन असम्भव रहेको जनाए ।
आफु निर्वाचित भए पश्चात् हालसम्म जिर्न भवनको मर्मत तथा नयाँ विद्यालय भवनमा सल्यान जिल्लाका धेरै  विद्यालयहरुकाे भौतिक पुर्वाधारमा वजेट विनियोजन गरेको ज्वालाकाे भनाइ रहेको थियोे ।वजेट विनियोजनसँगै विद्यालयहरु निर्माणकार्य सम्पन्न भइ प्रयोगमा आइसकेको समेत वताइएको थियोे ।अाफ्नाे पहिलो नजर शिक्षा क्षेत्रमा नै परेको ज्वालाकाे भनाइ रहेको थियोे ।   गाउँपालिका अध्यक्ष दिलमाया वुढा र ज्वालाले संयुक्तरुपमा रिवन काटेर विधिवत रुपमा भवनकाे आज उद्घाटन गरिएको छ ।स्विकाेट नेटा वजारमा रहेको उक्त विद्यालयकाे लागि गाउँपालिका द्वारा  करिव २७ लाख १४ हजार ८ सय ४७ र तत्कालीन अर्थमन्त्री हुदा ज्वालाले प्रदेश आर्थिक मामिला मन्त्रालयबाट साेहि वरावरकाे रकम विनियोजन गरि करिव ५४ लाख २९ हजारमा उक्त भवन वनेकाे जनाएको छ ।
भवनकाे कामकाे जिम्मेवारी न्यु विके विल्डर्स एण्ड सप्लाएर्स निर्माण कम्पनीले  आर्थिक वर्ष २०७७ चैत मसान्तभित्र सम्पन्न गरिसकेको थियोे ।भवन उद्घाटन कार्यक्रमसँगै आज विद्यालयले सम्मान कार्यक्रम समेत गरेको छ ।भवन गुणस्तरीय तथा राम्रो भएको प्रधानाध्यापक देवेन्द्र रावतकाे भनाइ रहेको थियोे । शनिबार विशेष कार्यक्रम आयाेजना गरि विद्यालयकाे भवन उद्घाटन गरिएको छ । ५४ लाख लागतमै ८ काेठे भवन भने पछि पठनपाठनमा निकै सहज हुने जनाएको छ ।यश कार्यामा सहयोग पुर्‍याउने गाउँपालिका र तत्कालीन पुर्व अर्थ मन्त्री ज्वाला, भवन निर्माणकार्यमा संलग्नता कम्पनीलाई विद्यालय परिवारले विशेष सम्मान समेत गरेकाे छ ।
  • २३ माघ २०७८, आईतवार प्रकाशित
  • Nabintech