१८ बैशाख २०८१, मंगलवार
१८ बैशाख २०८१, मंगलवार
जाजरकोटमा हाडजोर्नी तथा नसा रोग सम्बन्धि २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु
जाजरकोटमा हाडजोर्नी तथा नसा रोग सम्बन्धि २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु
  • paschimpatra

जाजरकोट । जाजरकोट खलंगामा हाडजोर्नी तथा नसा रोग सम्बन्धि २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

बुधबार देखि जाजरकोट जिल्ला अस्पताल थाप्लेचौरमा सुरु गरिएको शिविर बिहिबार ६ गतेसम्म सञ्चालन हुनेछ ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. दीर्घराज आ.सी. द्धारा विशेषज्ञहरुको टोली सहित जिल्ला अस्पताल जाजरकोटको सहयोग तथा भेरी नगरपालिका, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोट र योगेश्वर स्मृति प्रतिष्ठानको विशेष सहयोगमा स्वास्थ्य शिविर सुरु भएको हो ।

शिविरमा मुख्यतयाः हाडजोर्नी र नसा सम्बन्धि रोगको उपचार हुने आयोजकले जनाएको छ । शिविरमा मौकाको फाइदा लिनु हुन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटका सभापति हरी बहादुर बस्नेतले जानकारी दिनुभयो । २ दिने शिविरमा करिव ५ सय जना बिरामीलाई सेवा दिने लक्ष्य लिएपनि धेरैले नाम लेखाएकाले संख्या बढ्ने बस्नेतले बताउनुभयो ।

२ दिने शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. दीर्घराज आ.सी.को १२ जनाको टोली तथा जिल्ला अस्पताल जाजरकोटको १३ जना स्वास्थ्यकर्मी सहित २५ जना स्वास्थ्य शिविरमा खटिएको आयोजकले जनाएको छ ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित
  • Nabintech