१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग
अष्ट्रियामा बस्ने नेपालीले गरे दुर्गमको विद्यालयमा नगद सहयोग
  • paschimpatra

जाजरकाेट । भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् । गैर आवासिय नेपाली एसोसिएन एनसीसी अष्ट्रिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रिया इनास अष्ट्रिया र नेसास अष्ट्रियामा आबद्ध नेपालीहरुले जाजरकोटका भूकम्प पीडित बालबालिकाहरुको लागि आफ्नो खाना तथा खाजा खर्च कटाएर ४ लाख ७७ हजार नगद सहयोग गरेका हुन् ।

पत्रकार सुरेन्द्र सुमनको समन्वयमा भूकम्प पीडित बालबालिकाहरुको पठन पाठन गर्ने वातावरण प्रभावकारी होस् हेतुले दुर्गम गाउँमा सहयोग गरेको एनआरएन अष्ट्रियाका अध्यक्ष ध्रुव पौडेलले बताउनु भयो । गएको कार्तिक १७ गते जाजरकोटको बारेकोट रामीडाँडामा केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानीय तहमा व्यापक धनजनको क्षति गरेको थियो । ‘नेपाली दाजु भाईको पीडामा थोरै भए पनि हाम्रो मलम लगाउने सानो प्रयास हो ।’ अध्यक्ष पौडेलले भन्नुभयो – ‘हाम्रो प्रयासलाई सार्थक बनाउन विद्यालय परिवारले सहयोग रकमको सही सदुपयोग गरिदिए पुग्छ ।’ बालबालिकाहरु अहिले टहरा र अस्थायी आवासमा बसेर पढ्न बाध्य छन् । भौगोलिक रुपले पछाडि परेको अनि राज्यले वेवास्ता गरेको दुर्गम स्थानमा सहयोग गर्ने चारवटै संस्थाहरुको उच्च प्रशंसा गरेको पत्रकार सुमनले बताउनु भयो ।

विद्यालयले प्राप्त सहयोग रकमलाई अधिकतम सदुपयोग गरी बालबालिकाहरुको लागि कक्षाकोठामा अत्याआवश्यक सामाग्री वा संरचना बनाउनुपर्ने उहाँको सुझाव छ । ‘वडा नम्बर ४ कै पुरानो विद्यालय भए पनि भौतिक पूर्वाधार तथा शिक्षकहरुको अभावमा माध्यमिक तह संचालनमा समेत कठिनाइ हुदै आएको छ । भूकम्प पीडित बालबालिकाहरु अहिले पनि पालमा बसेर पढ्नुपर्ने अवस्था छ ’ । विद्यालयका प्रधानाध्यापक खडग रावतले भन्नुभयो – ‘यस रकमले भूकम्प पीडित बालबालिकाहरुको पठन पाठन कार्यमा सहज बनाउन आवश्यक भौतिक संरचना तथा फर्निचर निर्माण गर्नेछौं ।’ बुधबार आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष विष्णु रावत विव्यस अध्यक्ष गोपाल रावत, पत्रकार सुरेन्द्र सुमन फोटोग्राफर, युटुबर सन्तोष सिंहको समेत उपस्थिति रहेको थियो । सहयोगी संस्थाहरुलाई विद्यालयले प्रदान गरेको गरेको सम्मान पत्र संस्थाको तर्फबाट पत्रकार सुमनले ग्रहण गरिदिनु भएको थियो ।

  • ३० चैत्र २०८०, शुक्रबार प्रकाशित
  • Nabintech