१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
घरेलु मैदानमा नेपालको जित यात्रा अन्त्य
घरेलु मैदानमा नेपालको जित यात्रा अन्त्य
  • न्युज डेस्क

काठमाडौं । नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त भएको छ ।

आईसीसी विश्वकप लिग २ मा नामिबियासँग ४ विकेटको हारले टियुमा लगातार १५ खेलको जित यात्रा समाप्त भएको हो ।

२०२२ नोभेम्बर यता नेपाल टियुमा ओडीआई खेलमा पराजित भएको थिएन । नेपालले युएईसँग सिरिज २०२२ मा पछिल्ला २, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत २०२३ का अन्तिम ८, प्रिमियर कपमा २ र क्यानडासँग ३ गरि लगातार १५ खेलमा जितेको थियो ।

२०२२ नोभेम्बरमा युएई तीन खेलको सिरिज खेल्न नेपाल आएको थियो । नेपाल पहिलो खेलमा पराजित भए पनि त्यसपछि लगातार दुई खेल जितेको थियो ।

फेब्रुअरीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्ड दुबैलाई हराएको थियो ।

मार्चमा लिग २ मा नै युएई र पपुवा न्युगिनी दुबैलाई हराएको थियो ।

एसीसी प्रिमियर कप २०२३ अप्रिलमा नेपालले समूह चरणमा ओमान र फाइनलमा यूएईलाई हराएको थियो ।

यसैसाता क्यानडाविरुद्ध तीन खेलको सिरिजमा नेपालको क्लिनस्विप गर्दै घरेलु मैदानमा लगातार १५ खेलमा अपराजित बनेको थियो ।

युएईसँगको २०२२ नोभेम्बर सिरिजमा मोन्टी नेपालको प्रशिक्षक थिएनन् । अन्य सबै जितमा मोन्टी नेपालको मुख्य प्रशिक्षक थिए ।

गतवर्ष फागुनमा आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्डसँगको सिरिजबाट सुरुवात गरेका थिए ।

मोन्टीको ओडीआईमा घरेलु मैदानमा लगातार १३ अपराजित यात्रा समाप्त भएको हो । मोन्टीको प्रशिक्षणमा टी(२० आईमा भने नेपाल घरेलु मैदानमा नेपाल पराजित भई सकेको छ ।

गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित
  • Nabintech