१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
जाजरकोटमा ह्याबिट्याट यंग लिडर्स बिल्ड अभियान शुरु
जाजरकोटमा ह्याबिट्याट यंग लिडर्स बिल्ड अभियान शुरु
  • paschimpatra

जाजरका‍ेट । जाजरकोटमा ह्याबिट्याट यंग लिडर्स बिल्ड अभियान शुरु भएको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटि नेपाल र निड्स नेपालको साझेदारी तथा जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा लिडर्स बिल्ड अभियान शुरु भएको हो ।

भेरी नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरेर अभियान शुरु भएको र उक्त अभियानमा भेरी नगरपालिकाका ३० जना स्वयंमसेवक त्यसमा पनि महिलाको उल्लेखनिय (६० प्रतिशत) उपस्थित रहेको थियो साथै यो अभियानबाट स्वयंसेवकहरुले घर निमार्ण गर्न, सामुदायिक सुविधा मर्मत, पानि, सरसफाइ र स्वच्छता परियोजनाहरु तथा सचेतना बढाउने खालका गतिविधि समेत सिक्ने आयोजकले जनाएको छ ।

लिडर्स बिल्ड अभियान भेरी नगरपालिका वडा नं ३ मा फागुन १ देखी ३ गते सम्म चल्ने छ ।

अभियानको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेस सुनार, गैसस महासघका सहदेव बस्नेत, भेरी नगरपालिकाका कर्मचारीहरु , पत्रकार लगायतको सहभागिता थियो ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित
  • Nabintech