१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
नेपाली महिला टिमबाट शतक बनाउने पहिलो क्रिकेटर बनिन् रुविना
नेपाली महिला टिमबाट शतक बनाउने पहिलो क्रिकेटर बनिन् रुविना
  • paschimpatra

काठमाडौं । प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा मालदिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो ।

२०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित
  • Nabintech