१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
पुलबाट खसेर जाजरकोटमा एक जनाको मृत्यु
पुलबाट खसेर जाजरकोटमा एक जनाको मृत्यु
  • paschimpatra

जाजरकोट । पुलबाट खसेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–५, अरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नर्सिङघाट खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका थिए ।

उनको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज पठाइएकोमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित
  • Nabintech