१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
जिल्ला सम्मेलन गर्दै जाजरकाेट कांग्रेस
जिल्ला सम्मेलन गर्दै जाजरकाेट कांग्रेस
  • paschimpatra

जाजरकाेट । नेपाली कांग्रेस, जाजरकाेटले जिल्ला सम्मेलन गर्ने भएको छ । कांग्रेस जाजरकाेटले असाेज २६ गते  जिल्ला सम्मेलन गर्न थालेको हो ।

पार्टीका केन्द्रीय कार्य समितिका उप सभापति पुर्ण बहादुर खड्काकाे प्रमुख आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न हुने नेपाली कांग्रेस जाजरकाेटका कार्यबाहक सभापति खडक बि‍.सीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा संगठन विस्तार, क्रियाशील सदस्यता, पार्टीले गरेको काम कारबाहीका बारेमा समीक्षा र पार्टीलाई चलायमान बनाउन जिल्ला सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने छ।

कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, संगठन सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीति, पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा समेत सम्मेलनमा छलफल हुने बि‍.सीकाे भनाइ छ ।

सम्मेलनमा क्षेत्रीय कमिटिबाट प्रतिनिधिहरु आउनेछन्। नेपाली कांग्रेसको विधानमा वर्षमा दुईपटक वडा सम्मेलन गर्नुपर्ने, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलन वर्षमा एकपटक गर्नुपर्ने व्यवस्था छ।

  • २१ आश्विन २०८०, आईतवार प्रकाशित
  • Nabintech