१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
५० शैयाको जाजरकोट अस्पताल भवन उद्धघाटन
५० शैयाको जाजरकोट अस्पताल भवन उद्धघाटन
  • paschimpatra

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटको नवनिर्मित ५० शैयाको भवन उद्घाटन गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले एक औपचारिक वीच आइतवार खलंगा स्थित थाप्लेचौरमा निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको उद्घाटन गरेका हुन् ।

अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आबश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संघिय सरकार सँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गरिने बताए । उनले जाजरकोट अस्पताललाई कर्णालीकै नमुना अस्पताल बनाउन सवै मिलेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्टर प्रतितक्षा भारती र अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले अस्पतालले तत्काल हासिल गरेका प्रगति, देखिएका समस्या र चुनौतिहरु पेश गरेका थिए ।

२०७७ असार महिनामा सम्झौता भई २०८० असार ११ गते कार्य सम्पन्न गरेको सिनर्जी ज्ञानज्योती क्षितिज जे.भी कन्स्ट्रक्सन कोटेश्वर काठमान्डौंले कुल ३४ करोड १८ लाखमा सहरी विकास मन्त्रालय सँग भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

  • १५ आश्विन २०८०, सोमबार प्रकाशित
  • Nabintech