१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
संचारग्रामको काम अगाडी बढाउँछौं : नगरप्रमुख आचार्य
संचारग्रामको काम अगाडी बढाउँछौं : नगरप्रमुख आचार्य
  • paschimpatra

कोहलपुर । बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुरका पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको खण्डमा स्थानीय सरकारले संचारग्राम बनाउनका लागि श्रोतको ब्यवस्थापन गर्ने बताएका हुन ।

नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्माले बिगतमा कोहलपुर नगरपालिकाले संचारग्राम बनाउने प्रतिवद्धता जनाएको भएपनि हालसम्म कुनै पनि प्रक्रिया अगाडी नबढेकाले तत्काल संचारग्रामको काम अगाडी बढाउन माग गरेका थिए । नगरप्रमुख आचार्यले कोहलपुरमा संचारग्राम बनाउन प्रक्रियागत रुपमा विगतका सरकारले गरेका कार्यहरुको जाँचबुझ गरी प्रक्रिया अगाडी बढाउने तयार रहेको बताए । साथै उनले कोहलपुर नगरपालिकाले गरेका सम्पूर्ण कार्यहरुको सुक्ष्म रुपमा अध्ययन गरी खबदारी गर्न समेत संचारकर्मीहरुलाई आग्रह गरेका छन ।

अन्तरक्रिया कार्यक्रममा आचार्यले हालै भाईरल भएको कोहलपुरको तेह्र विगाह मैदानमा बनेको गेटको बारेमा समेत स्पष्टिकरण दिएका छन । उनले राष्ट्रिय खेलकुद परिषदको केन्द्रीय कार्यालयले नै कोटेशन मार्फत कार्य सम्पन्न गरेकोले योजनाको सुरुदेखि सम्पन्न हुँदासम्म स्थानिय सरकारलाई त्यसबारेमा कुनै पनि जानकारी नभएको बताए । संघीय सरकारले स्थानीय सरकारसँग सहकार्य गरी योजना बनाउन सकेको खण्डमा लगानीको प्रतिफल आउन सक्ने भन्दै आचार्यले स्थानीय स्तरमा योजना कार्यान्वयन गर्दा संघ र प्रदेशले स्थानीय तहसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।

यसका साथै कोहलपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिईरहेको नगरप्रमुख आचार्यले जानकारी दिँदै आवश्यक सहयोग र साथ दिन सबैमा अनुरोध समेत गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा कोहलपुर क्षेत्रमा क्रियाशिल दर्जन बढि संचारकर्मीहरुको सहभागीता रहेका थियो । त्यसक्रममा संचारकर्मीहरुले कुनै पनि प्रभावमा नपरी कोहलपुरलाई नमुना पालिकाको रुपमा स्थापित गराउन स्थानिय सरकारले शुसासनमैत्री कार्यसम्पादनमा जोड दिनुपर्ने सुझाव समेत दिएका थिए ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित
  • Nabintech