१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
पशु अस्पताल तथा पशु सेवा कार्यालयद्धारा बाख्राबोका वितरण
पशु अस्पताल तथा पशु सेवा कार्यालयद्धारा बाख्राबोका वितरण
  • पवन शर्मा

पवन शर्मा
जाजरकाेट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले बारेकोट गाँउपालिका वडा नं. ७ मा बाख्राबोका वितरण तथा अनुगमन गरेको छ ।

कार्यालयले प्रदेश कार्यक्रम “लक्षित बर्ग अर्गानिक कार्यक्रम” अन्तरगत बारेकोट गाँउपालिका वडा नं. ७ मा संचालित गाँउवेशी बाख्रा पालन संचालन समितिलाई बाख्राबोका वितरण गर्नुका साथै अनुगमन गरेको हो ।

बाख्रा पालनबाट किसानहरुको आर्थिक जीवनस्तर माथि उठाउनका लागि ब्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा तथा बोका वितरण गरिएको हो ।

कार्यालयले गाँउवेशी बाख्रा पालन संचालन समितिसंग सम्झौता गरेको र उक्त समुहले खरिद गरि ल्याएका बाख्राबोका वितरणका साथै अनुगमन गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका याेजना प्रमुख तिलक रानाले बताउनुभयो ।

समूहमा आबद्ध ४० घरधुरीलाई बाख्रा तथा बोका वितरण गरिएको याेजना प्रमुख रानाले बताउनुभयो ।

  • १९ असार २०८०, मंगलवार प्रकाशित
  • Nabintech