१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार
स्थानीय पाठ्यक्रम ‘भेरी नगरको पहिचान’ निर्माण
स्थानीय पाठ्यक्रम ‘भेरी नगरको पहिचान’ निर्माण
  • paschimpatra

जाजरकाेट । जाजरकाेटको भेरी नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘भेरी नगरकाे पहिचान’ निर्माण गरेकाे छ ।

पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिई ‘भेरी नगरकाे पहिचान’ कक्षा १ देखि ८ सम्मकाे विद्यार्थिहरुकाे लागि पाठ्यक्रम निर्माण गरिएकाे हाे ।

आधारभूत तहको पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारीको प्राविधिक सहयोग तथा नगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो ।

नगरपालिकाको परिचय, साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह (कक्षा १—८) को पाठ्यक्रम निर्माण गरिएकाे शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले बताए ।

साथै स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको र भोली बाटै सबै स्कुलमा पठाउने तयारी भईरहेको पुनले बताए ।

जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने भेरी नगरपालिका पहिलो स्थानीय तह हो ।

  • ३२ जेष्ठ २०८०, बिहीबार प्रकाशित
  • Nabintech