१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
मौरीपालक कृषकलाई आधुनिक घार वितरण
मौरीपालक कृषकलाई आधुनिक घार वितरण
  • paschimpatra

जाजरकोट । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई (मौरी जोन) जाजरकोटले ५० प्रतिशत आर्थीक सहयोगमा जिल्लाका ६ वटा फर्म, समुह र सहकारीलाई आधुनिक घार सहित विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

परम्परागत मौरी पालन प्रणालीलाई विस्थापन गरि व्यवसायीक उत्पादनमा जोड दिन कृषकलाई आधुनिक घार वितरण गरिएको परियोजना प्रमुख दिपेन्द्र पोखरेलले बताए ।

मौरी जोन क्षेत्र अन्तर्रगत जिल्लाको भेरी नगरपालिका ३ र ४ वडा मध्ये १ सहकारी, १ कृषी फर्म र १ समुह त्यसैगरि कुशे गाउँपालिकाको ५ नं वडाका ३ वटा फर्म गरि ६ वटा फर्म, समुह र सहकारीलाई ६६ वटा आधुनिक घार, पन्जा, टोपी, चक्कु, रानी ढोका, स्टेन र आधारचाका गरि करिव २ लाख ५० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

मौरीपालन व्यवसायमा आवद्ध व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न मौरी पानल व्यवसायिक उत्पादनमा प्रविधि मैत्री, यान्त्रीकरण, औधोगिकिकरण मार्फत मौरीपालन व्यवसायलाई सम्मानित पेशाको रुपमा रुपान्तरित गर्दै आयात प्रतिस्थापन र निर्यात प्रर्वधन गर्ने उदेश्यका साथ कृषकलाई सामाग्री हस्तान्तरण गरिएको प्रमुख पोखरेलले बताए ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित
  • Nabintech