११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
कांग्रेस तीन नेताको प्रधानमन्त्रीलाई सुझाव : खुट्टा नकमाउनु होला
कांग्रेस तीन नेताको प्रधानमन्त्रीलाई सुझाव : खुट्टा नकमाउनु होला
  • paschimpatra

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

कांग्रेसका तीन नेताले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए । कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव दिएका थिए ।

साथै, उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी प्रधानमन्त्रीको ध्‍यानाकर्षणसमेत गराएका थिए ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित
  • Nabintech