६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
जाजरकोटबाट एसईईमा चार हजार बढी विद्यार्थी सहभागी हुदै
जाजरकोटबाट एसईईमा चार हजार बढी विद्यार्थी सहभागी हुदै
  • paschimpatra

जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जाजरकोटबाट ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्ला भित्रका ७४ माध्यमिक विद्यालयका ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २ सय २३ जना छात्र छन् भने २ हजार ३ सय ३० जना छात्रा रहेका छन् ।

प्राविधिक धारतर्फ २४ छात्र र ३५ छात्रा गरी जम्मा ५९ जना एसइइमा सहभागी हुनेछन् ।

यस्तै ग्रेडवृद्धि तर्फ १७ जना छात्र र २६ जना छात्रा गरी ४५ जना सहभागी हुनेछन् । प्राविधिक तर्फ एक जना विद्यार्थी सहभागी हुने छन् ।

भेरी नगरपालिका भित्रका ८ सय ५ विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए । यस्तै, नलगाड ६ सय ६२, छेगाडाड ९ सय ९५, बारेकोट ५ सय ३७, कुशे ६ सय ८९,जुनीचाँदे ५ सय ७९ र शिवालय गाउँपालिका बाट ३ सय ८९ जना विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए ।

आगामी चैत्र १७ गते देखि सुरु हुने एसईई परीक्षामा केन्द्राध्यक्ष २०, सहायक केन्द्राध्यक्ष ३१, निरीषक २३३ र सुरक्षा ३०० जना कर्मचारी खटिनेछन् ।

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech