१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
प्राथमिक तह शिक्षकका लागि खुल्यो विज्ञापन
प्राथमिक तह शिक्षकका लागि खुल्यो विज्ञापन
  • paschimpatra

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो ।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । ६ हजार १३ जना शिक्षकको माग गरेको छ ।

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=320&fn=prabi%20bigyapan%202079.pdf

 

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित
  • Nabintech