१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको आग्रह
सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको आग्रह
  • paschimpatra

काठमाडौं । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ ।

त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरुका सवाल र लैङ्गिक समावेशीकरण’ र ‘बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा अन्तरसंवाद गरिएको छ ।

छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो ।

साधारणसभाको बन्द सत्रमा आजै, सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजङ्ग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक डाक्टर भूमि चापागाईँले लेखा समितिको प्रतिवेदन पेश गरेका छन् ।

यसबैची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औं साधारण सभामा शुभकामना दिँदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए ।

सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्वोधन गर्नुपर्नेमा उनले जोड दिए ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित
  • Nabintech