६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
फोहोर व्यवस्थापन नहुँदा सदरमुकाम दुर्गन्धीत बन्दै
फोहोर व्यवस्थापन नहुँदा सदरमुकाम दुर्गन्धीत बन्दै
  • paschimpatra

जाजरकोट । जाजरकोट सदरमुकाममा फोहोर व्यवस्थापन नहुदा दिन प्रतीदिन दुर्गन्धीत बन्दै गएको छ ।

बजारमा कुहीएको तरकारी, फलफुलका छोडाएका बोक्राहरु, प्लाष्टीक जन्य पर्दाथ, काँचका बोत्तलहरु अहिलेपनी सडक छेउछाउमा फालिएका छन् । जसले गर्दा सदरमुकाम बासी र यँहा आवत जावत गर्ने नागरीकहरुले सास्ती खेप्नुपरेको छ ।

बजारको मुख्य व्यापारिक केन्द्रहरु शान्तीचौतारा, गैरीखाली, ठाँटी, तल्लो थाप्ले लगाएतका ठाँउहरुमा होटल, पसलबाट निस्केका फोहरहरु जथाभावी फाल्ने गरेका छन् ।

सडकमा नाला व्यवस्थित नहुदा घर तथा होटलबाट सिधै फोहोर पानीका पाइपहरु सडकमा फाल्ने गरेका छन् । जस्ले गर्दा सडकमा खाल्डा खुल्डी पर्नुका साथै सडकमा दुर्गन्ध फैलिएको छ ।

भेरी नगरपालिकाको फोहोर उठाउने गाडी हप्ताको एक पटक मात्र बजारमा आउने गरेको छ, त्यसैले पनि दैनिक जसो जम्मा हुने फोहोर सडक छेउछाउमा फान्ने गरेका हुन ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech